Worldlink Communications

इन्द्र–हुमा वाङ्मय सम्मान: डा.भण्डारीलाई प्रदान गरिने

माघ २२, पोखरा

बालकृष्ण समको १२१औँ सम जयन्ती समारोहका सन्दर्भमा यही माघ २४ जरोटुप्पोसंरक्षण साहित्य समाज नेपालद्वारा इन्द्र–हुमा वाङ्मय सम्मान पुरस्कार साहित्यकार डा पुष्पा के सी भण्डारीलाई प्रदान गरिने भएको छ ।

भण्डारीलाई रु १० हजार एक सय राशि र दोसल्लासहित सम्मान गर्न लागिएको पुरस्कार प्रतिभा छनौट समिति गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य कृष्णप्रसाद पौडेलको संयोजकत्वमा बनेको समितिले सम्मान गर्ने निर्णय गरेको हो  ।

प्रतिभा छनौट समितिको सदस्यमा पृथ्वीनारायण क्याम्पसका विभागीय प्रमुख प्रा.डा. कुस्माखर न्यौपाने, वरिष्ठ लोकगायिका प्राज्ञ हरिदेवी कोइराला र पदेन सदस्यमा कोषका संस्थापक सविन जिसी र संस्थाका अध्यक्ष डा नारायणप्रसाद अधिकारी रहुनभएको थियो ।

आफ्ना बुबाआमाको स्मृतिमा छोरी सीताकुमारी जिसीले परिवार जनका तर्फबाट रु एक लाख ६१ हजार १११ को अक्षयकोष स्थापना गर्नुभएको थियो । अक्षयकोषको ब्याज रकमबाट संस्थाले उक्त सम्मान गर्न लागिएको हो ।

डा.भण्डारीका किर्तिहरु ‘केही सुसेली केही सुस्केरा’ कवितासङ्ग्रह, ‘सङ्गम’ र ‘जिन्दगीको दोसाँधमा’ मुक्तक सङ्ग्रह प्रकाशित गरिसक्नुभएको छ।

स्मरण रहोस साहित्यलाइ सधैं आफ्नो मन र मुटुमा सजाउने साहित्य र मानब सेवामा नै आफ्नो जिबन देख्ने डा. पुस्पा के सि भण्डारी ले केहि समय अगाडी सिर्जना साहित्य सदन घाचोकको रजत जयन्ती को शुभअवसरमा डा. पुष्पा के सी भण्डारी र झलक बहादुर भण्डारी द्वारा एकाउन्न हजार पाँच सय पचपन्न रुपैयाको अक्षयकोष स्थापना गरि उक्त कोषबाट पुरस्कारको राशि रु. ५१००/- व्यवस्थापन गर्नु भएको थियो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: