Worldlink Communications

सामाजिक विकास कार्यालय पोखरा कास्कीद्वारा सामाजिक कुरीति बिरुद्ध प्रतिनिधिमुलक दुईदिने कार्यशाला गोष्ठी सञ्चालन

माघ २७, पोखरा

गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय सामाजिक विकास कार्यालय पोखरा कास्की ले सामाजिक कुरीति बिरुद्ध प्रतिनिधिमूलक दुईदिने कार्यशाला अभियान  सन्चालन गरेको छ।

दुई दिने अभियान सञ्चालन गरेको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय सामाजिक विकास कार्यालय पोखरा कास्कीले पुनस्थापना कार्यक्रम लैङ्गिक हिंसा बालविवाह दाइजो प्रथा जातीय छुवाछुत भेदभाव मानव बेचबिखन तथा ओसारपसार लगायतका परम्परागत कुरिती अभ्यासहरु लाइ कसरि न्यूनीकरण गर्न सकिन्छ भन्ने विषय मा गरिएको कार्यक्रम दुइदिन सम्म सन्चालन हुनेछ।

कार्यक्रमको समन्वय जिल्ला प्रहरी कार्यालय कास्कीले गरेकोहो भने कार्यक्रमको आयोजना  सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय सामाजिक विकास कार्यालय पोखरा कास्कीले गरेको हो।

कार्यक्रममा विशेषगरी गाउँपालिका र महानगरपालिकाहरुका उपमेयर  तथा महिला सदस्यहरु र बिभिन्न आमा दिदीबहिनीहरूको को समुहलाइ फोकसगरि आमन्त्रित गरिएको हुनाले  महिलाहरुको उल्लेख्य उपस्थिति मा भएको सो अभियान लाइ भब्य र सभ्य बनाउनको लागि कार्यक्रम को अध्यक्षता सामाजिक विकास कार्यालय कास्कीका प्रमुख इन्द्रबहादुर थापाले गर्नुभएको थियो। प्रमुख आथित्यता शिक्षा निर्देशनालय का निर्देशक अम्बिकाप्रसाद आचार्य ले गर्नुभएको थियो भने कार्यक्रम संचालन कार्यालयका कर्मचारी बालकृष्ण सुवेदीले गर्नुभएको थियो।

दुई दिनसम्म सञ्चालन हुने कार्यक्रमको प्रशिक्षकको रुपमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक होत बहादुर रोकाय र कानूनी प्रशिक्षकको रुपमा अधिवक्ता गीता लामिछानेले सहजिकरण गर्नु भएको छ।

राष्ट्रिय गानबाट सुरु गरिएको सो कार्यक्रम मा प्रमुख अतिथिले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। प्रमुख अतिथिय मन्तब्य दिदै अम्बिकाप्रसाद आचार्यले समाजमा एक्लै गरेर केही पनि हुँदैन सबै मिलेर जाग्यौ उठ्यौ र केही गरौं भने सम्भव छ । हरेक क्षेत्रका सबै व्यक्तित्वहरूको भावनाले मानब चेतनाले जबसम्म काम गर्दैन तबसम्म समाजमा केही गर्न सकिँदैन परिवर्तन ल्याउन सकिँदैन त्यसैले सबैले जानेका ,भोगेका ,देखेका र सुनेका सबै विषय हरु  आज यस कार्यक्रममा प्रस्ट राखौं अनि अगाडि बढौं भन्नुभयो। यो बसाइ बाट हामि हामीले सिकेका विषयहरु दृढताका साथ जस्ताको तस्तै भन्न सक्ने र व्यवहारमै लागू गर्नसक्ने बनौ समाज परिवर्तन गर्न सक्ने बनौ अनिमात्र यो कार्यक्रम गरेको सार्थक र सफल हुन्छ भन्नुभयो।

त्यस्तै गरि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रशिक्षक प्रहरी उपरीक्षक होत बहादुर रोकायले समाजमा के कस्ता संस्कारहरू छन् तिनले के कस्ता असर पारेका छन् यसको बारेमा चिरफार गर्दै आफ्ना अधिकारलाई संरक्षण गर्दै अझै पनि समाजमा के कस्ता विकृति विसंगति छन तिनलाई हटाउनकोलागि न्यूनिकरण गर्नको लागि सचेतनाको रुपमा गरिएको यो कार्यक्रमले पक्कै पनि समाजलाई अगाडी वढाउन महत्वपूर्ण कोसेढुंगाको भुमिका खेल्ने बताउनुभयो ।

शुभकामना स्वागत मन्तव्य कार्यालयका लेखा प्रमुख गोविन्द प्रसाद सापकोटाले गर्नुभएको थियो भने प्रशिक्षक गिता लामिछानेले शुभकामना मन्तव्यमा सहित कार्यक्रमको उद्देश्य को बारेमा प्रकाश पार्नुभएको थियो। प्रशिक्षार्थी हरूको तर्फबाट लाली माया शर्मा र गंगाधर तिमिल्सिनाले बोल्नुभएको थियो। कार्यक्रमको  उद्घघाटन सत्र कार्यक्रमका अध्यक्षता गर्नुभएका इन्द्र बहादुर थापाले यो कार्यक्रमले प्रतिनिधिमूलक रूपमा अभियानको रुपमा पुनःस्थापना रूपमा शिक्षाको रुपमा गरिएको हुनाले यस कार्यक्रमलाइ सबैले आफ्नो आफ्नो क्षेत्रमा गई व्यवहारमा उतार्नको लागि महत्वपूर्ण भूमिका खेल्नु हुनेछ भन्दै कार्यक्रमको पहिलो सत्र समाप्त भएको घोषणा गर्नुभएको थियो।

-प्रकाश अधिकारी

 

 

 

प्रतिक्रिया दिनुहोस्: