Worldlink Communications

प्रगति माध्यमिक विद्यालय बाटुलेचौरले ३२ औं वार्षिकोत्सब मनायो

माघ २७, पोखरा

पोखरा महानगरपालिका वाड नम्बर १६, बाटुलेचौरमा रहेको प्रगति माध्यमिक विद्यालय ले आज आफ्नो ३२औं वर्षगाँठ भव्य र सभ्य तरिकाले मनायो।

निजी स्कुलहरूको माझमा प्रगति माध्यामिक विद्यालयले आफूलाई अब्बल सावित गर्दै अगाडि बढिरहेको आजको कार्यक्रम बाट प्रष्टै देख्न सकिन्छ। करिब १२०० सय विद्यार्थी भएको स्कुलमा सय जनाको हाराहारीमा शिक्षक कर्मचारीहरु कार्यरत हुनुहुन्छ।

प्रगति स्कुल सुरुवातको अवस्थामा निकै अप्ठ्यारा बाधा र अड्चनहरु आएको सम्झनु भएका स्कुलका प्रिन्सिपल दिनेश श्रेष्ठले अहिलेको अवस्थामा पनि शैक्षिक रुपमा आफूले अझै धेरै गर्न बाँकी रहेको हामीलाई बताउनुभयो।

वार्षिक कार्यक्रमको प्रमुख अथिति शिक्षा विकास निर्देशनालय का निर्देशक अम्बिका प्रसाद आचार्य ले गर्नुभएको थियो भने कार्यक्रम को अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर बानीयाले गर्नुभएको थियो। कार्यक्रमलाई भव्य र सभ्य बनाउन को लागि एन्जल थापा र रेणु परियारले कार्यक्रम सन्चालन गर्नुभएको थियो।

बिभिन्न व्यक्तित्वहरुले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको सो कार्यक्रममा उपस्थित अतिथीहरुलाई खादा र माला लगाएर सम्मान गरिएको थियो। प्रमुख अतिथि विशिष्ट अतिथि लगायत  वडाध्यक्ष, पूर्व वडाध्यक्ष लाइ माया को चिनो ले सम्मान गरिएको थियो।

कार्यक्रममा कक्षा एल केहि देखि १० कक्षा सम्मका विद्यार्थी भाइ बहिनीहरुले विभिन्न किसिमका राष्ट्रिय परिचय दिने  राष्ट्रिय गितहरू र बालगितहरुमा आफ्नो कला नृत्य प्रदर्शन गरेका थिए । कार्यक्रम  स्थल झकिझकाउ र भव्य रुपले सजाइएको थियो।अभिभावकहरू को बाक्लो उपस्थिति सम्पन्न गरेको ३२औ बार्षिक कार्यक्रम पुरै शैक्षिकमय बनेको थियो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: