Worldlink Communications

पोखरा माहानगरपालिका वडा नं १९ तल्लाकोट ठाँटीको श्री बिन्ध्येश्वरी यूवा क्लवले बिबिध कार्यक्रम सहित २५अैा बार्षिक उत्सब मनाउनदै

फागुन १०,पोखरा

पोखरा माहानगर पालिका वडा नं १९ तल्लाकोट ठाँटीमा अवस्थित  श्री बिन्ध्येश्वरी यूवा क्लबको २५ अैा बार्षिक उत्सब तथा माहा शिबरात्रीको अवसर विभिन्न सास्कृतिक कार्यक्रम तथा पुरुष भलिबलको प्रतियोगिता प्रमुख अतिथि पुस्पेन्द्र पाण्डे ले पानसमा बत्ती बाल्दै ब्यानरमा सहि गरि उदघाटन गर्नुभयो

कार्यक्रम क्लवका अध्यक्ष थम कुमार के सी को अध्यक्षतामा भएको थियोे भने प्रमुख अथित पोखरा महानगरपालिका वडा नं १९ का वडाअध्यक्ष पुष्षेन्द्र पाण्डेले गर्नुभएको थियो। अतिथीहरु  क्रमशः शंकर ढुंगाना, बिष्णु गौतम, विष्णु प्रसाद वास्ताेला, सविन जि सी , श्री निर्मल वास्ताेला, वडा न. १९ का जनप्रतिनिधि सदस्यहरू बिकाश कुमार आचार्य , दर्गा देवी वस्नेत, नवराज के सी र कल्पना सुनार , क्लवका पूुर्व अध्यक्ष क्रमश

हुमनाथ वास्ताेला, गाेविन्द प्रसाद आचार्य, मिनराज ढुुङगना, छिमेकी क्लवका अध्यक्षहरू, विभिन्न सँघ सस्थाका प्रतिनिधीहरू, पूर्व जनप्रतिनिधी, पत्रकार साथै सुरक्षा तर्फ सार्दिखोला प्रहरी चौकीका प्रमुख लगाएत विभिन्न राजनैतिक दलका अग्रज ब्यक्तित्वहरु र गाउँका बुद्धिजीवी,समाजसेवी लगाएतका ब्यक्तीहरूले अतिथिको आसन ग्रहण गर्नुभएको थियोे।

प्राय गरी सबैले आफ्नो स्वागत मन्तव्य राख्नुभएको थियो । सबैले आफ्नो मन्तव्य राख्ने क्रममा सदियौ पहिला देखि नै विन्देश्वरी युवा क्लवले यस्तै खेतमा भलिबल खेलकुद प्रतियोगिता गरिरहँदा आजसम्म पनि परिवर्तनको नाममा केही पनि परिवर्तन नभएको दुखेसो गर्नुभएको थियो।

मन्तब्य दिने क्रममा सबैचौर नभएको  बताइरहँदा सबैले आगामी २६औं बर्षको खेलकुद कार्यक्रम आफ्नै फिल्डमा आफ्नै चौरमा खेल्न पाउन पाए कस्तो हुन्थ्यो होला भन्ने चाहना राखिरहँदा सबै पार्टीहरुका सबै ले एकमत भएर अर्को वर्ष को खेलकुद कार्यक्रम आफ्नै फिल्डमा गर्न सक्नु हुन्छ भन्ने भाब प्रमुख अथिति पुस्पेन्द्र पाण्डे लगायत सबैले आफ्नो अभिव्यक्ति दिनुभएको थियो।

आज भएको भलिबल प्रतियोगितामा टाइगर क्लब र  लौरुक टिम बिच कडा प्रतिस्पर्धा भएको थियो कडा प्रतिस्पर्धा का बिच टाइगर टिमले लगातार दुवैपटक जितेर आफ्नो अग्रता लिएको थियो। त्यसै गरी दोस्रो खेल आयोजक टिम विन्देश्वरी युवा क्लव र हेमजाको धौलागिरी टिम बिच भएको प्रतिस्पर्धामा हेमजा धौलागिरी टिमले आयोजक टिमलाई हराएको थियो।

आज ढिलोगरि सुरु गरिएको भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम सहितको कार्यक्रम १०/११/१२ गते तिन दिन सम्म लगातार हुने जानकारी अध्यक्ष थम कुमार केसी ले हामी लाइ बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्: