Worldlink Communications

अपाङ्गता परिचयपत्र वर्गीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

माघ २७, पोखरा

ण्डकी प्रदेश सरकारको  सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय,सामाजिक विकास कार्यालय पोखरा कास्कीले अपाङ्गता परिचय पत्र वर्गीकरण र त्यस सम्बन्धीत बिषयमा जानकारी मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

एक दिने कार्यक्रम सञ्चालन गरेको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको सामाजिक विकास कार्यालय पोखरा कास्कीले स्थानीय तहका जनप्रतिनिधि उपप्रमुखहरु र अपाङ्गता हुनुभएका ब्यक्ति हरुको बिचमा सामाजिक विकाससँग काम गर्ने कार्यालयका जिम्मेवार कर्मचारीहरु र समाजमा भएका अपाङ्गता व्यक्तिहरूको के कसरी वर्गीकरण गरिएको छ,अपाङ्गता का प्रकार,अपाङ्गता बाट प्राप्त फरक किसिमका कार्डबाट के सुबिधा पाइन्छ भन्ने बिषयमा रहेर अधिकारका विषयहरु सहित उठान गर्नुपर्ने  साथै थप्नुपर्ने सबै बिषयमा रहेर घनिभूत छलफल गर्नका लागि भएको एकदिवसीय कार्यक्रममा करिब १०० जनाको उपस्थितिमा सम्पन्न भएको थियो।

कार्यक्रम मा विशेषगरी गाउँपालिका र महानगरपालिकाहरुका उपमेयर  तथा महिला सदस्यहरु र  अपाङ्गता को समुहमा रहेर नेतृत्वदाइ भुमिकखेलि रहनुभएका समुहलाइ फोकसगरि आमन्त्रित गरिएको हुनाले उहाँहरुको उल्लेख्य उपस्थिति भएको थियो।

अभियान लाइ भब्य र सभ्य बनाउनको लागि कार्यक्रम सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गत जिल्ला कार्यालय कास्कीका प्रमुख इन्द्रबहादुर थापाको अध्यक्षता भएको थियो भने कार्यक्रमको प्रमुख आथित्यता शिक्षा निर्देशनालय का निर्देशक अम्बिकाप्रसाद आचार्य ले गर्नुभएको थियो।

बिषेश अतिथि जिल्ला शिक्षा समन्वय विकास प्रमुख नारायण सुवेदी र अतिथिहरु मादी गाउँपालिका कर्ण कुमारी गुरुङ रुपा गाउँपालिकाबाट लाल शोभा गुरुङ अन्नपूर्ण गाउँपालिकाबाट चन्द्रकला अधिकारी माछापुच्छ्रे गाउँपालिकाबाट सिता अधिकारी, पोखरा महानगर शिक्षा अधिकृत विष्णु पौडेल लगायत अपाङ्गता को तर्फबाट अञ्जना केसी,हेम बहादुर गुरुङ लगायत को उपस्थितिमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको अधिकृत देबि शर्मा ले कार्यक्रम सन्चालन गर्नुभएको थियो।

राष्ट्रिय गानबाट सुरु गरिएको सो कार्यक्रम मा प्रमुख अतिथिले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। प्रमुख अतिथिय मन्तब्य दिदै अम्बिकाप्रसाद आचार्यले समाजमा परिवर्तन एक्लै गरेर केही पनि हुँदैन सबै मिलेर जाग्यौ उठ्यौ र सबै लाइ माया ममता मान सम्मान गर्न जान्यौ अनि मात्र सबै सङै र सधैं अगाडी बढन सकिन्छ  आजको कार्यक्रम को मस्कतपनि यहि हो भन्नुभयो ।

शुभकामना तथा स्वागत मन्तव्य सहित कार्यक्रम राख्नुको गर्नुको उद्देश्यको बारेमा कार्यालयका लेखा प्रमुख गोविन्द प्रसाद सापकोटाले प्रकाश पार्नुभएको थियो। सहभागीहरूको तर्फबाट मादी गाउँपालिका बाट कर्ण कुमारी गुरुङले रुपा गाउँपालिका बाट बृहस्पति अधिकारीले अन्नपूर्ण गाउँपालिका बाट लक्ष्मण बस्ताकोटी ले माछापुच्छ्रे गाउँपालिका बाट ज्योति पौडेलले पोखरा महानगर पालिका बाट विष्णु गुरुङले र अपाङ्गताहरुको तर्फबाट हेम बहादुर गुरुङ लगायत सबै ले अपाङ्गता सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रम को अन्तमा सबैको कार्यपत्र हरु  व्यापक रूपमा प्रस्तुत भइसकेपछि छलफलमा आएका विषयमा सरोकारवाला हरु सहित घनिभूत छलफल गरी सबैलाई सहजीकरण हुनेगरी अपाङ्गताको वास्तविकता पत्ता लगाई सबैलाई न्याय हुनेगरी न्याय पाउने गरि कसैको दबाब र रवाफ नपरि राज्य ले दिने सुविधा लाइ दुरुपयोग नहुने गरि समष्टिगत रुपमा कार्यपत्र पेस गर्ने  सोच बनाउने र ब्यबस्थापन गर्दै जानु आजको आवश्यकता हो भन्दै कार्यक्रमको अध्यक्षता गर्नुभएका इन्द्र बहादुर थापाले ‍ कार्यक्रम समाप्त गर्नु भएको थियो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: