Worldlink Communications

इन्फमेटिक कम्प्युटर ईन्स्टिच्युटले पोखरामा ५० जनालाई निशुल्क तालिम दिने

फागुन ११,पोखरा

इन्फमेटिक कम्प्युटर ईन्स्टिच्युट पोखराले ५० जनालाई निशुल्क तालिम दिने भएको छ । लर्निङ नेपाल फाउन्डेसनको आर्थिक सहयोगमा ईन्स्टिच्युटले दलित, न्यून आयस्तर भएका र अल्प संख्यक साथै केही गर्न इच्छा शक्ति भएकालाई निशुल्क तालिम प्रदान गर्न लागेको बतााइएको छ ।

प्रवन्ध निर्देशक प्रदीप थापाका अनुसार तीन महिनाको अवधीमा कम्प्युटर तर्फ एमएस वर्ड, एमएस एक्सल, पावरपोइन्ट र फोटोसप सिकाइने छ । यस्तै क्षमता बिकासको लागि उद्घोषण तालिम र अंग्रेजी भाषाका कक्षा र रिसेप्सन तालिम दिइने बताउनुभयो।

लक्षित बर्गले यहि फागुन २० गते सम्ममा कार्यालयमा आवेदन दिन सक्नेछन् । आवेदन दिन १०+२ अथवा सोसरह  प्रमाणपत्रको प्रतिलिपी वा एसएलसी एसइई उत्तीर्णको प्रतिलिपी , नागरिकताको प्रतिलिपी र पासपोर्ट साइजको २ प्रती फोटो  सहित फारम दस्तुर ५००/- लाग्ने थापाले जनाउनुभयो ।

आवेदन दिएका मध्येबाट अन्तरवार्ताबाट लक्षित बर्गको पहिचान गर्ने र लक्षित बर्ग बाहेकका निवेदक तथा इच्छुकलाई ६० प्रतिशत देखि ८० प्रतिशत सम्म छुटमा तालिम प्रदान गरिने ईन्स्टिच्युटले जनाएको छ ।

२०६७ साल देखि ग्रीन प्लस नेपालको सहकार्यमा कम्प्युटर सम्बन्धि आधारभुत कम्प्युटर तालिम, डिप्लोमा, ग्राफिक, अकाउन्टिङ प्याकेज, वेभ पेज डिजाइनिङ र उद्घोषण कला झन्डै ७० हजार प्रशिक्षार्थीलाई तालिम दिइसकेको संस्थाले अहिले लर्निङ नेपाल फाउन्डेसनसंग सहकार्य गरेको हो ।

तालिम पछि प्रशिक्षार्थीमा क्षमताको बिकास हुने, स्वरोजगारी बन्न सक्ने तथा रोजगारीका लागि लर्निङ नेपाल फाउन्डेसनले सहजीकरण र समन्वय गरिदिने पनि निर्देशक थापाले जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्: