Worldlink Communications

बिन्ध्यस्वरी युवा क्लबको कार्यक्रम उदघाटन वडाध्यक्षले र समापन सघिय संसदले गर्ने: बिकास आचार्य

फागुन १२,पोखरा

पोखरा माहानगर पालिका वडा नं १९ तल्लाकोट ठाँटीमा अवस्थित  श्री बिन्ध्येश्वरी यूवा क्लबको २५ अैा बार्षिक उत्सब तथा माहा शिबरात्रीको अवसर विभिन्न सास्कृतिक कार्यक्रम तथा पुरुष भलिबलको प्रतियोगितामा २५ टिमले भाग लिएको छन।

तिन दिवसिय कार्यक्रम भएको भनिए पनि धेरै टिम भएको कारण ले सबै टिमलाई सहभागी गराउनु पर्ने बाध्यात्मक कारण ले गर्दा छोटो समयमा खेलाउन नसक्ने भएकोले क्लब का उपाध्यक्ष राम आचार्य ले चार दिवसीय गरि कार्यक्रम सम्पन्न गर्नुपर्ने भएको बताउनुभयो ।

पहिलो दिन उदघाटन र मन्तब्य मा नै दिन सकिएको र दोस्रो दिन १३ टिम खेल्न असम्भव प्रायः भएपछि तेस्रो दिन ढिलोगरि दोस्रो चरणको खेलसुरु भएको थियो जसमा घाटिछिना क्लब र  टाइगर टिम मटिखान बिचको प्रतिस्पर्धामा घाटिछिना ले बिजयी हासिल गरेको छ। त्यस्तैगरी जनजागरण र अन्नपूर्ण विचको प्रतिस्पर्धामा अन्नपूर्ण ले बिजयी हासिल गरेको छ भने आयोजक टिम ‘ए’ र साँखु युवा क्लब बिच भएको प्रतिस्पर्धामा आयोजक टिम ‘ए’ ले बिजयी हासिल गरेको छ त्यस्तैगरि आजको अन्तिम खेल शान्ति युवा क्लब र मादी युवा क्लब बिच भएको प्रतिस्पर्धामा मादि युवा क्लबले बिजयी हासिल गरेको छ।

बाकि तिन टिम लाइ १३ गते बिहान ८:०० बजे बोलाइएको छ भने त्यस्को लगत्तै तेस्रो चरणको खेलसुरु गरेर करिब २:०० बजे आफ्ना सबै खाले खेल सकेर बिजेता उपबिजेता सबै लाइ प्रमुख अतिथि दामोदर बैरागी को हातबाट खेलाडी हरु लाई पुरस्कार तथा सहयोगी मन हरुलाई सम्मान गर्ने कार्यक्रम रहेको जनप्रतिनिधि बिकास आचार्य ले  परिवर्तनन्यूज  डटकम लाई बताउनुभयो।

आज पनि ढिलोगरि सुरु गरिएको भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम १०/११/१२ गते तिन दिन सम्म लगातार चले पनि १३ गते पनि भ्याइनभ्याइ हुने जानकारी उपाध्यक्ष  राम आचार्य ले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्: