Worldlink Communications

भलिवल प्रतियाेगिता एव विविध सास्कृतिक कार्यक्रमकाे प्रमुख अतिथि सभासद- दामोदर पाैडेल बाैरागी

फागुन १३, पोखरा

पोखरा महानगरपालिका वडा नं १९ तल्लाकोट ठाँटीको विन्ध्यश्वरी युवा क्लवकाे २५ औ वार्षिकउत्सव एव महाशिवरात्रीकाे अवसरमा आयाेजना गरिएकाे भलिवल प्रतियाेगिता एव विविध सास्कृतिक कार्यक्रम काे समापन कास्की क्षेत्र न ३ का प्रतिनिधि सभा सदस्य माननीय सभासद श्री दामाेदर पाैडेल बाैरागीककाे प्रमुख आतिथ्यतमा आज सम्पन्न भएकाे छ ।

चारदिबसिय रुपमा पच्चीसौ बर्ष गाठ मनाइ रहेको विन्ध्यश्वरी युवा क्लवले सञ्चालन गरेकाे भलिवल प्रतियोगिता खेलमा पच्चीसै टिम ले भाग लिएका थिए भने फाइनलमा अन्नपुर्ण क्लव घान्द्रुक प्रथम भई नगद रू ५०००० ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ भने धाैलागिरी क्लव पाेखरा २५ दाेस्राे भई नगद रू ३०००० ट्रफी मेेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।

प्रमुख अतिथिको आसनबाट बोल्दै माननीय सांसद दामोदर वैरागी पौडेलले सदियौंदेखि यस क्लवले आफ्नो वार्षिक रुपमा जहिले पनि खेतमा खेलाउदै आइरहेको  भए पनि आगामी बर्ष को बार्षिक उत्सबमा खेलिने यि खेल अर्को वर्ष प्लेन डाडामा नै खेलिने छ  त्यो बाताबरण बनाइने छ भन्नुभयो ।

क्लब को यस कार्यक्रम लाई सम्पन्न गर्न प्रमुख प्रयाेजक भई सहयाेग गर्नु हुने वडा न १९ काे कार्यालय, राजनैतिक पाटीका प्रमुख, विभिन्न सघ सस्थाहरू, आमा समुहहरू,देस तथा विदेश मा रही आर्थिक भाैतिक सामाजिक रूपमा रही सहयाेग गर्नु हुने सबै बुवा आमा दाजु भाइ दिदी बहिनीहरू त्यसै गरि खेल मैदान उपलव्ध गराई सहयाेग गर्नुु हुने चन्द्र वहादुुर के सी  क्लवका सल्लाहाकार ज्युहरू, सम्पुुण पदाधिकारी साथीहरूले आ आफ्नाे ठाउँ वाट गर्नु भएकाे भुुुमिकाकाे उच्च सम्मान गर्दै  सम्पुणमा हृदय देखि नै धन्यवाद टक्र्याउन चाहन्छौ विन्ध्यश्वरी युवा क्लव का अध्यक्ष ले हामी लाइ भन्नुभयो ।

अन्त मा यस कार्यक्रमलाई सफल पार्न पद अनुसार आफ्नाे भुमिका निर्वाह गर्नु हने कार्यक्रमका सयाेजक, खेल सयाेजक, टिम काेच र सम्पुुण खेलाडी साथीहरूलाई हृदय देखि नै धन्यवाद दिदै आगामी दिनमा समेत यस्तै सहयाेगकाे अपेक्षा गर्दछु ।कार्यक्रमकाे दाैरानमा कुनै कमि कमजाेरी भएकाे भए यश क्लव परिवार एव अध्यक्षकाे तर्फ वाट क्षमा माग्दै आगमी दिनमा यसलाई सुधार गर्ने प्रतिवद्वता समेत गर्न चाहान्छुुु भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्: