Worldlink Communications

पत्रकार पौडेलको सपना पूरा गर्न सबै लाग्नु पर्नेमा जोड

फागुन १६, पोखरा

माघ १ गते विमान दुर्घटनामा परी निधन हुनुभएका पत्रकार त्रिभुवन पौडेलको सपना पूरा गर्न सबै लाग्नु पर्ने एक कार्यक्रममा बोल्ने  वक्ताहरुले जोड दिनुभयको थियो।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य, महासंघ गण्डकीका संस्थापक अध्यक्ष, प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष पौडेलको ४५ दीनको पुण्य तिथीमा ब्रह्माकुमरी इश्वरीय बिश्वबिद्यालय पार्दी शाखा (ओम शान्ति) मा आयोजित श्रद्धान्जली सभामा वोल्ने वक्ताहरुले उक्त कुरा बताउनुभएको हो ।

पत्रकार पौडेलको स्मृतिमा आफुहरुले ४५ दीनको पुण्य तिथीमा श्रद्धान्जली सभाको आयोजना गरी उहाँको परिवारजनसंगै उक्त कार्यक्रम गरिएको ब्रह्मामारी इश्वरीय बिश्वबिद्यालय पार्दी शाखाकी संचालिका अप्सरा मेडम ले बताउनु भयको थियो । पत्रकार पौडेलले पत्रकारिता क्षेत्र मात्र नभई सामाजिक क्षेत्र र विभिन्न संघ संस्थामा समेत उहाँले पुर्याएको योगदानको प्रशंसा गर्दै उहाँको सपना पूरा गर्न सबै लाग्नु पर्नेमा जोड दिनु भयो । शोकलाई अब शक्तिमा बदल्दै अघि बढ्नुको विकल्प नभएको अप्सरा मेडम ले बताउनु भयको थियो ।

खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले पत्रकार पौडेलको सपना पूरा गर्न उनको परिवारजनको साथमा आफुहरु जस्ता थुप्रै संघ संस्थाहरु तथा व्यक्तिहरु रहेको बताउनु भयो । नेपाल पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष, मञ्चका पूर्व सल्लाहकार पौडेलको स्मृतिमा स्थापना हुन लागेको उक्त अक्षयकोषमा मञ्चले प्रारम्भिक चरणमा १५ हजार सहयोग गर्ने घोषणा गरेको बताउनुभयको थियो । ओम शान्तिका दुर्गा पौडेलले पत्रकार पौडेलले देखाएको बाटो अवलम्बन गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा बिश्वबिद्यालयका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, पौडेलको परिवारजन, पत्रकारको सहभागिता रहेको राधिका शर्मा कडेलले बताउनु भयो ।

माघ १ गते पोखरामा एति एयरलायन्सको विमान दुर्घटनामा परी पत्रकार पौडेल, पत्रकार अनिल शाही, पाइलट कमल केसी सहित ७२ जनाको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: