Worldlink Communications

अल्फा बोर्डिङ स्कुलको आज ३४ औं बार्षिकोत्सव प्रमुख अतिथि:कबि रमेश श्रेष्ठ

फागुन १९, पोखरा

पोखरामहानगरपालिका वाड न. १६, लामाचौर मा रहेको अल्फा बोर्डिङ स्कुल ले आज आफ्नो ३४ औं बार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम भव्य र सभ्य रुपले मनायो।

निजी स्कुल को माझमा अल्फा बोर्डिङ स्कुल ले विद्यार्थीहरूको मस्तिष्क लाइ शिक्षाको सिमित दायरामा मात्र नराखी मन भित्र को हिर्दय भित्रको शिक्षालाइ पनि खुला बनाउनुपर्छ, सहयोग को भावना पनि जाग्रित गराउनु पर्छ भन्ने मान्यताका साथ बिधार्थी हरुलाइ सामाजिक भाब बाट पनि अगाडी बढाउनु पर्छ भन्ने मान्यताका साथ अल्फा बोर्डिङ स्कुल ले आफ्ना बिधार्थी भाइ बैनीहरु लाइ नैतिकबान, चरित्रवान ,अनुसासित र लगनशील विद्यार्थी उत्पादन गर्दै अगाडि बढिरहेको आजको कार्यक्रम बाट प्रष्टै देख्न सकिन्छ।

करिब पाँच सय विद्यार्थी भएको स्कुलमा ५० जनाको हाराहारीमा शिक्षक कर्मचारी लगायत सहयोगी हरु कार्यरत हुनुहुन्छ।

अल्फा बोडिङ स्कुलले हिजोका दिनदेखि आजका दिनसम्म आइपुग्दा अनेकौं चुनौतीहरु सग पटकपटक निरन्तर  अविचलित संघर्ष गर्दै यहाँसम्म आउन सफल भएको सर्वविदितै भएको स्कुलका अध्यक्ष एवम् प्रिन्सिपल सुरेन्द्रमान सिंहभण्डारीले बताउनुभयो ।

शैक्षिक क्षेत्रमा कुनै पनि किसिमको कमि नहोस् भनेर आफ्नो स्कुल ले नेपाल सरकारले तोकेको तलब सुविधा सबै शिक्षक साथिहरू लाई दिँदै आएको र फेरि पनि सकेसम्म शैक्षिक क्षेत्रलाई सुधारोन्मुख बनाउँदै अगाडि बढ्दा बढ्दै कहिन कहि शैक्षिक क्षेत्रमा जति राम्रो गर्छु भन्दा भन्दै पनि केहि न केहि जो अभाब खड्किरहने ,अपुग भइरहने यो क्षेत्रलाई अझै पनि आफुले भनेजस्तो शैक्षिक बिकास गर्न बाकि नै भएको बताउनुभयो। विद्यालयले सुविधा सम्पन्न प्रविधिमैत्री वाल विकास तह संचालनको तयारी गरेको विद्यालयका प्राचार्य सुरेन्द्र मान सिंह भण्डारीले बताउनुभयो।

कार्यक्रमको उद्घाटन गर्दै प्राज्ञ एवं विम्ब कवि रमेश श्रेष्ठले गुणस्तरीय शिक्षामा विद्यालयले शिक्षक र विद्यार्थीहरुको भबिस्य माथि खेलेको भुमिका प्रशंसनिय रहेको भन्दै खुसी व्यक्त गर्नुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं प्रार्चाय सुरेन्द्र मान सिंह भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको मुखपत्र वाणीको प्रमुख अतिथी श्रेष्ठ ,प्याब्सन कास्कीका पुर्व अध्यक्ष दिनेश श्रेष्ठ र अध्यक्ष भण्डारीले विमोचन गर्नुभयको थियो। वाणी पुस्तक मा शिक्षक र विद्यार्थीले रचना गरेका विभिन्न सामग्रीहरू देख्न सकिन्छ।

३४ औं वार्षिक कार्यक्रमका प्रमुख अथिति प्राज्ञ तथा कवि रमेश श्रेष्ठले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रम को अध्यक्षता स्कूल प्रिन्सिपल एवम् अध्यक्ष सुरेन्द्र मान सिंह भण्डारीले गर्नुभएको थियो। बिशेष अतिथिहरुमा डा.चन्द्र बहादुर गुरुङ, नगरशिक्षा समिति पोखराका अधिकृत जीवन रेग्मी प्याब्सनका पूर्व अध्यक्ष दिनेश श्रेष्ठ र अतिथि हरुमा विभिन्न स्कुल संघसंस्थाका प्रतिनिधि लगायत सम्पूर्ण अभिभावक हरूको समुपस्थितिमा भएको ३४ औं वार्षिक उत्सव कार्यक्रमलाई भव्य र सभ्य बनाउन को लागि स्कुलका शिक्षक भारती गौतम ले सन्चालन गर्नुभएको थियो।

कार्यक्रमको सफलताको लागि आमन्त्रित हुनुभएका सबै व्यक्तित्व हरुले कार्यक्रमको सफलता सहित शैक्षिक उन्नयन र प्रगतिको शुभकामना व्यक्त गर्नुभएको सो कार्यक्रममा उपस्थित अतिथीहरु लाई खादा र फुल को गुच्छा दिएर सम्मान गरिएको थियो। प्रमुख अतिथि विशिष्ट अतिथि लगायतलाइ माया को चिनो ले सम्मान गरिएको थियो भने विद्यालयको कक्षा स्तरमा दिइने पुरस्कार यसभन्दा अगाडि नै बितरण गरिएको र केही विशिष्ट पुरस्कारहरू आजको लागि राखिएको जानकारी गराइएको थियो ।

बार्षिकोत्सवमा यस शैक्षिक सत्रको शैक्षिक तथा खेलकुद तर्फको पुरस्कार वितरण गरिएको सो अवसरमा अल्फा कप फुटबलमा उत्कृष्ट हुन सफल मनास्लु सदन, विद्यार्थी परिषद्, जुनियर रेडक्रस सर्कलका पदाधिकारीलाई प्रमाण पत्र सहित मायाको चिनो प्रदान गरिएको थियो। त्यस्तै एस इ इमा उत्कृष्ट हुन सफल सिर्जना गुरुङ,विनय आचार्य, र ओस्कार गुरुङ, सेण्ड अप टपर सुनिल थापालाई पनि पुरस्कार वितरण गरिएको छ। कार्यक्रममा लेखा कर्मचारी रितु केसी, र कर्मचारी घनशोभा गुरुङलाई दिर्घ सेवा पदकवाट सम्मानित हुनुभएको थियो।

कार्यक्रममा कक्षा एल केहि देखि १० कक्षा सम्मका विद्यार्थी भाइ बहिनीहरुले विभिन्न किसिमका एैतिहासिक, राष्ट्रिय परिचय दिने गितहरू र बालगितहरुमा आफ्नै बाजा र ताल सहित कला नृत्य प्रदर्शन गर्नु भएको थियो। कार्यक्रम स्थललाइ आकर्षक र झकिझकाउ रुपले सजाइएको थियो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: