Top Header Ad 1

कास्कीका पालिकाहरूको बित्तिय सुशासन जोखिम मूल्यांकनको नतिजा सार्बजनिक

कास्कीका पालिकाहरूको बित्तिय सुशासन जोखिम मूल्यांकनको नतिजा सार्बजनिक

परिबर्तन न्युज
२७ फाल्गुन २०७९ बजे
परिबर्तन न्युज
२७ फाल्गुन २०७९

फागुन २७ , पोखरा

जिल्ला समन्वय समिति कास्कीले आर्थिक बर्ष २०७८/७९ को कास्कीका पालिकाहरूको बित्तिय सुशासन जोखिम मूल्यांकन ( FRA) को नतिजा सार्बजनिक गरेको छ।

अन्नपूर्ण गाउँपालिकाले ७०,रुपागाउँपलिकाले ६४.५ ,माछापुच्छ्रे गाउँपालिकाले ५४,मादी गाउँपालिकाले ५३ र पोखरा महानगर पालिकाले ४३ अक प्राप्त गरेका छ्न।सोमबार एक विशेष सार्बजनिकिकरण कार्यक्रमको आयोजना गरि नतिजा सार्बजनिक गरिएको हो । मुल्यांकनको कार्यबिधी अनुसार विभिन्न ११८ वटा सुचकलाइ आधार बनाएर कुल १०० पुर्णाकमा मुल्यांकन गर्ने गर्दछ।

सार्बजनिकिकरण कार्यक्रम लगत्तै आयोजित समिक्षा कार्यक्रममा जिल्ला समन्वय समिती कास्किका प्रमुख लिलाधर पौडेलले नेपालमा नै पहिलो पटक औपचारिक कार्यक्रम आयोजना गरेर नतिजा सार्बजनिक गरिएको भन्दै सबै क्षेत्रमा कास्कीका पालिका हरूको कार्य सम्पादनको स्तर वृद्धिमा ध्यान केन्द्रित गर्न आग्रह गरे।
पौडेलले समृद्ध कास्कीका लागि सबै राजनितीक दल ,जनप्रतिनिधि र कर्मचारीहरूको बराबर भुमिका रहने हुँदा युद्धस्तरमा बित्तिय सुसासनका काममा खटिन आग्रह गर्नु भयो ।

समिक्षा कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे , मुख्य मन्त्री तथा मन्त्री परिषद कार्यालय गण्डकीका उप सचिब रमेश घर्ती, प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय गण्डकीका प्रमुख किशोरकुमार श्रेष्ठ ,कोष तथा लेखा नियन्त्रण कार्यालय कास्की प्रमुख केशवराज ढकाल सहित कास्किका जिल्ला समन्वय अधिकारी नबराज बराल , माछापुच्छ्रे गाउँपालिकाका उप प्रमुख सीता अधिकारी लगायतले बित्तिय सुसासनका बिना सुसासन्को कल्पना पनि गर्न नसकिने र सुसासन बिना बिकास असंभव हुने हुदा बित्तीय सुसासन उत्कृष्ट बनाउन पालिकाका सबै शाखा र कर्मचारी सहित जनप्रतिनिधिहरूको महत्त्वपूर्ण  भूमिका हुने बताउनुभयो।

कार्यक्रममा कास्किका पालिकाका जनप्रतिनिधि ,प्रमुख प्रशासकिय अधिकृत सहित सो बिषय सम्बन्धि फोकल पर्सन कर्मचारीहरूको उपस्थितिमा भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज