Worldlink Communications

कास्कीमा अनेरास्ववियु र क्रान्तिकारी विद्यार्थी संगठन बिच तालमेल

फागुन २९, पोखरा

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि कास्कीमा नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठनले तालमेल गरेर जाने भएका छन् ।

एमालेनिकट अनेरास्ववियु र माओवादीनिकट अखिल (क्रान्तिकारी) मिलर जाने समझदारी भएको दुवै संगठनका पार्टी नेतृत्व ले बताउनुभएको छ । यसका लागि एमालेका कास्की इन्चार्ज कृष्ण बहादुर थापा र माओवादी कास्की इन्चार्ज राजकाजी गुरुङ बिच सहमति भएको स्रोतले जनाएको छ ।

आगामी चैत ५ गते देसै भरि स्वतन्त्र विद्यार्थी युनियन को चुनाव हुदैछ भने सोहि चुनाव कास्कीको पृथ्वीनारायण क्याम्पस,जनप्रिय बहुमुखी क्याम्पस,पोखरा नर्सिङ क्याम्पस पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, वन विज्ञान संस्थान पोखरा र विन्ध्यावासिनी संस्कृत विद्यापीठमा निर्वाचन हुँदैछ ।

मिलेर जाने सहमति भएपनि भागबन्डा को विषयमा आन्तरिक छलफल भैरहेको बताइको र अन्य वामपन्थी बिधार्थी शक्तिलाई साथमा आउन आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: