Worldlink Communications

जनकविकेशरी धर्मराज थापाको स्मृतिमा लोकगीत प्रतियोगिता हुने 

फागुन ३,पोखरा

जनकविकेशरी धर्मराज थापाको स्मृतिमा पोखरामा लोकगीत प्रतियोगिता हुने भएको छ । धर्मराज-सावित्री थापा प्रतिष्ठानले आयोजना गरेको उक्त प्रतियोगिता यही चैत ६ देखि ११ गतेसम्म हुनेछ ।

प्रतियोगितामा नेपालभर सबै जिल्लाका कलाकारहरुले सहभागी लिने पाउने प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले जानकारी गराउनु भएको थियो । उहाका अनुसार पहिलो अडिसन चैत ६ गते हुनेछ । अडिसन राउण्डमा सहभागीले आफुले मन परेको जुनसुकै लोकभाका प्रस्तुत गर्न पाउनेछन् । त्यसपछिको राउण्डमा भने जनकविकेशरी धर्मराज थापाले सिर्जना गरेका गीतलाई प्रस्तुत गर्नुपर्ने उनले बताउनुभएको थियो ।

अडिसनमा सहभागी हुनको लागि कुनै पनि शुल्क लाग्नेछैन । पहिलो अडिसन पछि दोस्रो अडिसन चैत ९ गते गरिनेछ भने चैत ११ गते प्रतियोगिताको फाइनल हुनेछ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले पुरस्कार स्वरुप क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सान्तवना बापत १० हजार रुपैयाँ पुरस्कारको समेत व्यवस्था गरिएको छ । यस्तै उत्कृष्ट १० मा पर्नेलाई पनि जनही ५/५ हजारका दरले पुरस्कार प्रदान गरिने बताइएको थियो ।

प्रतियोगिताको सबै राउण्ड बाटुलेचौर स्थित जीत पार्टी प्यालेसमा हुने उनले बताए । आफ्नो बुवाले सिर्जना गरेका लोकभाका नयाँ पुस्तामा पुर्याउने उद्देश्यले पहिलो पटक लोकगीत प्रतियोगिताको आयोजना गरिएको जानकारी उनले गराइएको थियो।

कार्यक्रममा लोकदोहोरी गायक चोलेन्द्र पौडेलले धर्मराज थापाले लोकसंगीतमा देखाएको बाटोलाई आफुहरुले अनुसरण गर्दै आएको बताउनुभएको थियो । धर्मराज थापाका सिर्जनालाई प्रस्तुत गरी नयाँ कलाकारहरुलाई स्थापित हुन समेत प्रतियोगिता मार्फत मदत पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष राजन कार्कीले लोकगीत प्रतियोगितालाई सफल पार्न प्रतिष्ठानबाट सक्दो सहयोग मिल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । प्रतिष्ठान पनि पुराना सर्जकका सिर्जनालाई संरक्षण गर्न लागिपरेको र यस्ता कार्यक्रमले संस्थालाई समेत सहयोग मिल्नेमा आफुहरु आशावादी बताउनुभएको थियो। कलाकारितामा निखारता ल्याउन प्रतियोगिता ले सहयोग दिलाउने हुँदा इच्छुक प्रतियोगीहरुलाई सहभागी हुन सबैलाई आग्रह गर्नु भएको थियो ।

पत्रकार भेटघाट कार्यक्रम मा जनकवि केशरी धर्मराज थापाको माहिला छोरा प्रा.कुञ्जराज थापाले स्वागत गर्नुभएको थियो भने कार्यक्रममा कर्णप्रिय संगीतालयका निर्देशक संगीतकार करण तामाङले कार्यक्रम लाइ सफल बनाउन आवश्यक सहयोग गर्ने बताउनुभएको थियो भने कार्यक्रमकाे  सन्चालन परिवर्तन न्युज डट कमका सम्पादक प्रकाश अधिकारीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: