Worldlink Communications

न्याय सम्पादन सिक्न किर्तिपुरको न्यायिक समिति पोखरामा

चैत ३, पोखरा गते

पोखरा महानगरपालिका र किर्तिपुर नगरपालिको न्यायिक समिति वीच अनुभव आदान प्रदान भएको छ । किर्तिपुरबाट आएको टोलीले पोखरा महानगरको न्यायिक समितिसंग भेट गदै न्याय सम्पादन बारे अनुभव आदान प्रदान गरिएको छ ।

पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङसंग किर्तिपुर नगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक शुभलक्ष्मी शाक्य वीच भेट भएको हो । पोखरा महानगरपालिका र किर्तिपुरले न्याय सम्पादनमा भैरहेका असल अभ्यास, समस्या र चुनौती बारे छलफल गर्दै अनुभव आदान प्रदान गर्नुभएको हो । भेटमा उपप्रमुख गुरुङले महानगरले न्यायिक समितिमा आउने विवादका प्रकृति, विवादको अवस्था लगायत समग्र महानगरका विषयमा जानकारी गराउनुभयो ।

पोखरा महानगरमा विवादको अवस्था हेर्दा मानाचामल, जग्गा खिचलो, ज्येष्ठ नागरिकलाई लालनपोषण नगरेको साँध सिमाना मिचेको लगायतका विवाद बढि आउने गरेको बताउनुभयो । उहाँले विवाद समाधानका लागि वडाहरुमा मेलमिलाप केन्द्र स्थापना, मेलमिलापकर्ताको सुचिकृत लगायतका बारेमा जानकारी गराउनुभयो ।

किर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यले किर्तिपुरमा दश वटा वडा रहेको बताउदै न्यायिक समितिमा आउने विवाद १ देखि ३ महिनाभित्र टुङग्याउने गरेको बताउनुभयो । किर्तिपुरमा विवादको संख्या कम रहेको बताउदै मेलमिलाप मार्फत विवाद समाधानलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । उहाँले मिलाउन नसक्ने विवाद अदालत पठाउने गरेको बताउनुभयो ।

किर्तिपुर नगरपालिका न्यायिक समिति ज्ञानेश्वर महर्जन, सदस्य शर्मिला श्रेष्ठ महर्जन, नगरपालिका वरिष्ठ अधिकृत सुजिन्द्र महर्जन, निजि सचिवद्धय केशव मर्हजन र नानी महर्जनको टोली पोखरा महानगरको न्यायिक समितिको अध्ययन अवलोकनका लागि आउनुभएको थियो । भेटमा पोखरा महानगर न्यायिक समितिका सदस्यद्धय कालिदास पोखरेल, भावना श्रेष्ठ र समितिका अभिलेख संरक्षक राममणी अधिकारी सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्: