Worldlink Communications

हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा- विष्णु पादुका क्लब

चैत्र २०, पोखरा

चैत्र २६ देखि वैशाख ३ गतेसम्म हेमजामा हुन लागेको ११ औं राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

विष्णुपादुका क्लवले सोमवार पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी अन्तिम चरणमा पुगेका  बताएको छ।क्लवका अध्यक्ष सुविन श्रेष्ठले हाल स्टल तथा वाल उध्यान व्यवस्थापन, आलु ग्रेडिङ गरी संकलन गर्ने लगायतका कार्य घमाधम भइरहेको बताउनुभयो।

क्लब का महासचिव बसन्तकुमार श्रेष्ठले आलु महोत्सव हेमजाको ब्रान्डिङ भएको र यसले समग्र कास्कीलाई नै चिनाएको बताउनुभयो ।महोत्सवमा आलु तथा ताजा तरकारीको प्रदर्शन, ३०/४० टनको आलु पहाड निर्माण गरिने,आलु बाट निर्मित विभिन्न परिकारहरु प्रदर्शन गरिने बताइएको छ।

प्रत्यक्षरुपमा कृषकहरु लाइ प्रशिक्षण गरिने, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निधान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी नाटक प्रदर्शनी, विभिन्न कृषि उपज, विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम गरिने भएको बताउनुभएको थियो  ।

विगत ३ वर्ष कोराना ले थलिएर उठन नसकेको महोत्सवलाई यस वर्षदेखि फेरि क्लवले निरन्तरता दिन लागेको महोत्सवसँगै हेमजामा उत्पादन भएको आलु तथा अन्य ताजा तरकारीको प्रचारप्रसार हुने र हेमजालाई व्यवसायिक कृषि पर्यटकीय क्षेत्रका रुपमा देश विदेशमा चिनाउने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत विभिन्न समूहमा व्यवसायिक कृषि खेती संचालन गर्न सहयोग हुने अभिप्राय ले, क्लव भवन, तरकारी संङकलन तथा बिक्री वितरण केन्द्र निर्माण गर्ने लगायतका उद्देश्य पनि राखिएको बताइएको थियो ।

पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाँले महोत्सवसँगै हेमजाको आलुको प्रवर्द्धन हुने विश्वास ब्यक्त गर्नुभयो। हेमजामा बढी मात्रामा एम्एस ४२ जातको निलो आलु लगाउने भएको ले हाल  यो आलु सूचिकरण भइसकेको जानकारी दिनुभएको थियो । उहाँले समग्रमा कृषि पेशा प्रति विकर्षण बढ्दै जानु दुःखद् भएको  बताउनुभयो । महोत्सवकै अवसर पारी महाशाखाले बिषेश गरि हेमजा का कृषकहरु लाइ परिचयपत्र वितरण गर्न लागेको पनि बताउनुभयो।

लुम्ले कृषि अनुसन्धान निर्देशनालयका प्राविधिक अधिकृत चन्द्रकान्त तिमिल्सीनाले गुणस्तरीय मोल, बीऊ, हावापानी लगायतका कारण उत्पादन घट्ने गरेको भए पनि हेमजालाई विशेष वीऊ उत्पादन पकेट क्षेत्र निर्माण गर्न  सरोकारवालाहरु सबै संयम भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

यहि चैत्र २६ गतेदेखि बैशाख ३ गते हुने कार्यक्रममा बाटो बन्द हुनेछैन,आलुको मुल्य ३५/- को सेरोफेरोमा हुनेछ, प्रवेश शुल्क फरक-फरक कार्यक्रममा फरकफरक कन्सर्टमा १००/-,लाहुरे आउने दिन ३००/- निर्धारण गरिएको भएपनि साधारण प्रवेशका लागि ८०/- , विद्यार्थीका लागि रु.५०/- को टिकट व्यवस्था गरिएको जानकारी आयोजनक बिष्णु पादुका क्लब ले आज पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिएको हो।

प्रतिक्रिया दिनुहोस्: