Worldlink Communications

फेवा नव वर्ष महोत्सव १८औ संस्करणको तयारी अन्तिम चरणमा

चैत्र २२,पोखरा

होटल संघ पोखरा, नेपालको आयोजनामा हुन गईरहेको १८ औं संस्करणको फेवा नव वर्ष महोत्सवको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगकोे छ ।

होटल ब्यवसायी संघ पोखराले आज पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवबारे जानकारी गराएको थियो । महोत्सव पोखराको लेकसाइडमा यही चैत्र २९, ३० र बैशाख १ गते गरी तीन दिनसम्म सञ्चालन हुने भएको छ । महोत्सव सडकमा सञ्चालन हुने संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभएको थियो ।  महोत्सव को आकर्षण लाइभ संगीत, ख्याती प्राप्त कलाकारको गायन प्रस्तुती, सांस्कृतिक झाँकी र खानाका परिकार महोत्सवमा रहने जानकारी गराएको थियो ।

१८औ महोत्सवलाई सफल बनाउनका लागि प्रकाशित दररेटमा २० प्रतिशत सम्म छुट प्रदान गर्ने जानकारी गराएको थियो । बिगत केही बर्ष कोरोना र पछिल्लो समय पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना, अव्यवस्थित पृथ्वीराजमार्ग र सुस्त गतिको विकासे स्तरोन्नतीले गर्दा पर्यटनक्षेत्र लाइ प्रत्यक्षरुपमा असर पार्दै थिलोथिलो भएको यस परिस्थितिमा थोरै भएपनि आर्थिक चलाएमान हन्छ भन्ने आशा गरिएको जानकारी गराइएको थियो ।

अर्को तर्फ र्बैंक तथा वित्तीय संस्था बाट एकतर्फी रुपमा बढाइएको ब्याजदरका कारण होटल क्षेत्र अहिले उकुसमुकुसको अवस्थाबाट गुज्रिन परेको बास्तबिकता बाट कोहि पनि टाडा नरहेको स्पष्ट हुदाहुदै पनि पर्यटन क्षेत्र समस्यामा परे पनि आफूहरु धैर्यताका साथ आसावादी भएर बसेको अध्यक्ष सुवेदीले बताउनुभयो।कोभिड अघि कमाएको पैसा र केही सुन तथा जग्गाको सहयोगमा विचमा बैंकको ऋण तिरिए पनि अहिले बैंकको साँवा र व्याज तिर्न सक्ने अवस्थामा नभएको पनि जानकारी दिनुभएको थियो।

अहिलेको पर्यटकीय सिजनको ८० देखि ९० प्रतिशत वरपर अकुपेन्सी हुनुपर्नेमा त्यस्तो अकुपेन्सी २० देखि २५ प्रतिशत मात्र भएको यस किसिमको बिषम परिस्थितिमा सरकार र नेपाल राष्ट्र बैंकले ब्यबसायी हरुको हितमा राहातका कार्यक्रम ल्याउनुपर्ने मा जिम्मेवार निकाय हरु उल्टै कानमा तेल हालेर बसेर गैरजिम्मेवारि बन्नु दुखद भएको पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्: