Worldlink Communications

होटल व्यवसायी महासंघ गण्डकीको प्रथम महाधिवेशन को तयारी पुरा

चैत्र २३ पोखरा

होटल, रेष्टुरा तथा पर्यटन व्यवसायीहरुलाई एकताबद्ध गरी अतिथि हरुको आतिथ्य सेवालाई प्रतिस्पर्धी, गुणस्तरीय एवं प्रभावकारी बनाउने उद्देश्यले दुई वर्षअघि स्थापना भएको होटल व्यवसायी महासङ्घ, गण्डकीले आफ्नो प्रथम महाधिवेशन यहि चैत्र २५-२६ गर्ने भएको जानकारी दिनको लागि आज पत्रकार भेटघाट कार्यक्रममा गरेको थियो।

होटल, रेष्टुरा तथा पर्यटन व्यवसायीहरुको प्रादेशिक छाता सङ्गठनका रुपमा स्थापित यस संस्थाको प्रथम महाधिवेशन यही चैत २५ र २६ गते पर्यटकीय सहर पोखरामा हुँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यमा सम्पन्न हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ।

महासङ्घको संस्थागत विकासमा महत्वपूर्ण ठानिएको यस महा धिवेशनको उद्घाटन समारोहलाई भव्य र सभ्य गौरवमय बनाउने गरी कार्यक्रम तय गरिएको सो समारोहमा गण्डकी प्रदेशको कला, संस्कृति र पहिचान झल्काउने समुदायगत सांस्कृतिक झाकी प्रस्तुत गरिनेछ बताइएको छ ।

महाधिवेशनले आगामी तीन वर्षका लागि समितिको नयाँ नेतृत्व चयनदेखि संस्थाको भावी कार्यक्रम र योजनासमेत तुर्जमा गरिएको छ। महाधिवेशनमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका जिल्ला सङ्घ र स्थानीय तह इकाइका करिब १ सय २० जना प्रतिनिधि र पर्यवेक्षकहरुले भाग लिनुभएको बताइएको छ ।

२०७७ को डाटा अनुसार महासङ्घ गण्डकी प्रदेशमा १५ वटा होटलसँग सम्बन्धित व्यावसायिक संस्था आवद्ध रहेको र प्रदेशभरमा झण्डै छ हजार ५० होटल सञ्चालनमा छन् । अनुमानित आँकडा अनुसार ५४ हजार पाँच सय जनाले होटल तथा रेष्टुरामा रोजगारी पाएका छन्। होटल व्यवसायमा करिब ६२ अर्बको लगानी भएको जानकारी गराइएको थियो ।

विस २०७७ माघ २९ मा जिल्ला प्रशासन कार्यालय, कास्कीमा विधिवत दर्ता भएको यस संस्थाले स्थापनाको छोटो अवधिमै जिल्ला हुँदै स्थानीय तहसम्म सङ्गठन संरचना विस्तार गर्न सफल भएको छ । प्रदेश सरकार, स्थानीय तहसहित सम्बद्ध सङ्घसंस्था / निकायसंग सहकार्य गर्दै होटल तथा रेष्टुराँ व्यवसायको प्रवर्द्धनमा महासङ्घले अभिभावकिय भुमिका निर्वाह गर्दै आएको बताइएको थियो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयसंगको सहकार्यमा विसं २०७६ चैत १४ गतेदेखि १६ गतेसम्म बागलुङ, म्याग्दी र पर्वतका व्यवसायीहरुलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरेको अवगत गराउन चाहान्छौं । कोभिड-१९ महामारीका बेला समस्यामा परेका व्यवसायीहरुलाई गण्डकी प्रदेश सरकारबाट विनाव्याजको कर्जा सहित आर्थिक सहुलियत प्रदान गर्न पनि महासङ्घले समन्वयकारी भूमिका निर्वाह गरेको बताइएको थियो ।

कोभिड-१९ को महामारीले अर्थतन्त्रमा देखा परेको सड़कट जस्ता कारणले पछिल्लो समय होट व्यवसायीहरु पनि मारमा छन् । प्रतिकूल परिस्थितिका बीच पनि आतिथ्य सेवाका क्षेत्रमा तल्लिन व्यवसायीहरुको पक्षमा नीति कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षणसमेत गराइएको थियो। चाहान्छ महाधिवेशन सफल पार्न को लागि बिभिन्न समिति उपसमिति निर्माण गरिएको पनि जानकारी गराएको थियो।

प्रतिक्रिया दिनुहोस्: