Worldlink Communications

भुपु खेलाडी र पत्रकार बिचको फुटसल खेल बराबरीमा सकियो

चैत्र २५, पोखरा

फराकिलो अग्रता जोगाउन नसक्दा पोखरामा आयोजित मैत्रिपूर्ण फुटसल खेल बराबरीमा सकिएको छ । शनिबार स्पोर्ट्स क्यासल गैह्रापाटनमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी र नेपाल भुतपूर्व खेलाडी मञ्चबिच भएको मैत्रिपूर्ण फुटसल खेल ८–८ गोलको बराबरीमा सकिएको थियो ।

खेलकुद पत्रकार मञ्चले अध्यक्ष दीननाथ बरालको गोलबाट सुरुवाती अग्रता लिएको थियो । उपाध्यक्ष सुरज श्रेष्ठको पासमा बरालले गोल गर्नुभएको थियो। त्यसपछि भुतपूर्व खेलाडी मञ्चको पोष्टमा एकतर्फी ५ गोल गरेको पत्रकार मञ्चले यो फराकिलो अन्तरलाई जोगाउन सकेन । पत्रकार मञ्चका तर्फबाट उपाध्यक्ष सुरज श्रेष्ठले दुई गोल गर्नुभएको थियो  भने पछि मन क्षेत्री, विसन क्षेत्री, जसकाजी गुरुङ, प्रविण मगरले पत्रकार मञ्चको तर्फबाट गोल थप्नु भएको थियो।

भूतपूर्व खेलाडी मञ्चको तर्फबाट ओम बहादुर गुरुङले दुई गोल गर्नुभयो । दिनेश कुमार श्रेष्ठ, विर बहादुुर गुरुङ, राम बहादुर गुरुङ, जगदीश गुरुङ, चिन बहादुर गुरुङ र बाबुराम पौडेलले समेत खेलाडी मञ्चबाट गोल थप्नु भएको थियो । सूरुवाती क्रममा पत्रकार मञ्च अगाडि निरिह देखिएको भूतपूर्व खेलाडी मञ्चले अन्तिम समयमा उत्कृष्ट पूनरागमन गरेको थियो ।

यसअगाडि प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वज कुमार गुरुङले रेफ्रिलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।

विश्व खेल दिवसको छेको पारेर नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूपु खेलाडी मञ्च यो कार्यक्रमको आयोजना गरेको हो । ६ अप्रिलको दिनमा पर्ने यो दिवस विकास र शान्तीका लागि अन्त राष्ट्रिय खेल दिवस भन्ने नाराका साथ साताव्यापी कार्यक्रम गरेर विश्वभर मनाइदै छ ।

भू पु खेलाडी मञ्चका कार्यवाहक अध्यक्ष दीलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा, प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वज कुमार गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी का अध्यक्ष दीननाथ बराल र भूतपूर्व खेलाडी मञ्चका महासचिव कृष्ण तिमिल्सिना लगायतले बोल्नुभएको थियो  ।

 

 

प्रतिक्रिया दिनुहोस्: