Worldlink Communications

उच्च अदालत पोखराको आदेश मान्दैन पोखरा महानगर पालिका

बैशाख १ पोखरा

उच्चअदालत पोखराको आदेशपछि पोखरा महानगर पालिकाको पोखरा-१९ भित्र पर्ने सेति नदी ढावघाट,मर्दि खोला पुल दोबिल्ला घाट, दश खेत घाट (ढकालको खानि) खानेपानी को पाइप बोकेको कादुरि पुल अन्तर्गतका विभिन्न स्थान बाट नदीजन्य सामग्री उत्खनन नगर्नु नगराउनु भन्ने आदेश लाइ महानगरपालिकाले काम गर्नु गराउनु भन्ने आदेश भए जसरी काम गरेको देखिएको छ ।

डाडावारि फाउन्डेसन र सेति बचाउ अभियान द्वारा सेति नदी बाट ढुंगा, माटो, गिटी, बालुवा लगायत नदीजन्य पदार्थको जथाभावी उत्खनन् भइरहेको विषयमा परेको रिट निवेदनमाथि यही चैत ६ गते सुनुवाइ गर्दै अदालतले तत्काल उत्खनन् कार्य रोक्न अन्तरिम आदेश जारी गरेको थियो । महानगरले नदीजन्य सामग्रीको उत्खनन् र बिक्री वितरणका लागि ठेक्का लगाउँदा सेती नदीको दोहन भएको र प्राकृतिक वातावरण तथा मानवीय जीवनमा असर परेको भन्दै पोखरा उच्च अदालतमा रिट दायर परेको थियो ।

सोही बिषयको गाम्भीर्यतालाई बुझी उच्च अदालतको आदेशपछि चैत १४ गतेदेखी लागू हुने गरी ढाव घाट अन्तर्गतका स्थानहरुबाट नदीजन्य सामग्रीहरु(घाटगद्धी) ढुङ्गा, गिटी, बालुवा, आदिको बिक्री बितरण शुल्क सङ्कलन गर्ने सम्बन्धी  सम्पूर्ण ठेक्का रद्ध गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले बताउनु भएको केही दिन बित्न नपाउँदै आफ्नै नगरपालिकाका कर्मचारी प्रहरी लगाई घोषित रुपमा बैधानिक रुपमा सेतिनदी दोहन गर्नको लागि महानगरपालिका आफै लागि परेकोले देखिएको हुनाले महानगरपालिकाको विरुद्धमा अहिले पोखरा महानगरपालिका १९ का सरोकारवाला सम्पूर्ण जनता हरु आक्रोशित बनेका छन्।

उच्च अदालत पोखराको निर्णयलाइ अवज्ञा गर्दै पोखरा महानगर पालिकाले आफ्नै कार्यालयका कर्मचारीहरु खटाई वैधानिक रुपमा  सेती नदीको दोहन गर्न लागेको कुरा जानकारीमा आएपछि उच्च अदालत पोखराले वास्तविक सत्यतथ्य के हो बुझ्नको लागि जिल्लामा रहेको अनुगमन समिति मा रहनुभएका सदस्य सचिवलाइ जिल्ला समन्वय कार्यालयको अध्यक्षतामा रहेको अनुगमन समितिलाई अनुगमन गर्ने भनिएपछि गठित सम्बन्धित समितिका सबैलाई पत्रचार गर्दै अनुगमन गर्नको लागि नदीजन्य ढुंगा गिटी बालुवा निकासी पैठारीको निर्देशिकाको दफा ९ बमोजिम गठित समितिमा अध्यक्ष जिल्ला समन्वय प्रमुख सह-संयोजकमा जिल्लास्थित प्रशासन कार्यालय प्रमुख सुरक्षा निकाय नेपाल प्रहरी सशस्त्र प्रहरी डिभिजन वन कार्यालय आन्तरिक राजस्व कार्यालय भौतिक पूर्वाधार विकास कार्यालयको इन्जिनियर र जिल्ला समन्वय समिति कास्की का अधिकारी सदस्य सचिव रहेको समिति सहित आमन्त्रित रुपमा पर्यटन तथा उद्योग मन्त्रालय क्या प्रमुख सहित पोखरा-१९ को सेतिनदि अनुगमन मा खटिएका थियो भन्नुभयो।

अनुगमनका क्रममा डाँडावरि फाउण्डेसन र सेती नदीको बचाउ अभियानका अभियन्ताहरु सहित सेती नदि मा पुग्दा पोखरा महानगरपालिकाले आफ्नो कर्मचारी खटाइ बिल काट्दै गाडीहरुको पठाइरहेको देखियको थियो । पुलको संवेदनशीलता वातावरणीय सम्मेलन सिलता र सेती नदीको वास्तविक गहिरिदै गएको संवेदनशीलतालाई  नबुझी जथाभाबी ढुंगा गिटी उठाउँदा जनताहरु आक्रोशित भएको भन्ने विषय ठीक साँच्चीनै देखियो भन्नुहुन्छ सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल अझै थप्दै भन्नुभयो अनदालतले दिएको आदेशलाइ कानूनको अनभिज्ञता भनेर कसैलाई पनि छुट हुँदैन।

त्यस्तैगरी जिल्ला समन्वय समिति अर्थात् अनुगमन समिति का अध्यक्ष लिलाधर पौडेलले हामी यस विषयमा गम्भीर भएका छौं साँच्चिनै महानगरपालिकाले गलत गरेको छ।हामि कानुनी राज्यमा विश्वास गर्छौं भन्नुभयो करोडौं लगानी गरेर राज्यले बनाएका संरचना भत्कदै छन् यसलाई जोगाउनु महानगरको पनि त दायित्व होलानी भन्नुभयो यो काम विगतदेखि नै गलत तरिकाले भइरहेको छ भन्ने लागिरहेको थियो साँच्ची नै त्यस्तै देखियो भन्नुभयो।

यस्तैगरी माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले ढाब पुल लगायत यहाँ निर्माण भएका सबै संरचनाहरु जोखिम अबस्थामा छन यि संरचना जोगाउनको लागि अबेला भइसकेको रहेछ आज आएर हेर्दा साँच्चै नै एउटा पूल भत्किसकेको छ। अब यहाँ केहीपनि नरहने भयो यसको लागि हामी गम्भीर भएर लाग्नेछौं करोडौंको लगानी राज्यले गर्ने ! सेति नदीको दोहनबाट केही व्यक्तिहरुको कारणले पुल भत्कन जाने र सीमित मान्छे मोटाउने तर राज्यलाई नोक्सान भएको भई भएपछि त यो त भएन नि यसको संरक्षणको जिम्मेवारी हाम्ले लिनुपर्छ हामी लाग्नेछौं भन्नुभयो।

त्यसैगरी स्थानीय बासी डाडावारि फाउण्डेशनका सदस्य एवं सेती जोगाऊँ अभियानका अभियान्ता धरेन्द् पौडेलले आफू  यो सेति नदी दोहन कार्य रोकिएन भने सेति नदि जोगाउन मृत्युवरण गर्न पनि पछि नपर्ने बताउनुभयो। हामीले धनराज आचार्यलाई धेरै मत दिएर जितायौ आज त्यसको सजाय, दुःख ,पीडा आज हामीले भोग्दै छौं भन्नुभयो। हाम्रा मेयर धनराज आचार्यलाई यो थाहा छैन २/४ लाख नगरपालिकाले त पाउला तर करोडौं सम्पत्ति गुमेको बिषय किन नबुझेको होला यस विषयको गम्भीरतालाई धनराज आचार्यले बुझ्न जरुरी छ यो परिवेश बुझेर सेती नदी दोहन तुरुन्त रोक्नु हुनेछ अन्यथा आफू र आफूलगायत धेरैले प्रतिष्ठाको विषय बनिसकेकोले नदी जोगाउनको लागि ज्यान अर्पण गर्दिने समेत चेतावनी दिनुभयको थियो।

-प्रकाश अधिकारी सेतिको तिर बाट तयार गरिएको रिपोर्ट

 

प्रतिक्रिया दिनुहोस्: