Worldlink Communications

भित्तेपात्रो लोकार्पण तथा चियापान कार्यक्रम गर्दै दिप यूनाइटेड क्लब पोखरा

बैशाख २, पोखरा

पोखरा महानगरपालिका वडा न.१६ दिपमा रहेको दिप यूनाइटेड क्लब  पोखराले आज भित्तेपात्रो लोकार्पण तथा चियापान कार्यक्रम को आयोजना चियापान कार्यक्रम आयोजना ग-र्यो ।

दिप यूनाइटेड क्लब का अध्यक्ष खेमराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा  प्रमुख अथिति पोखरा महानगरपालिका वडा न.१६ का अध्यक्ष अमृत तिमिल्सिनाले गर्नुभएको थियो। कार्यक्रम लाई भव्य र सभ्य बनाउनको लागि संस्थाका सचिव भीमप्रसाद आचार्यले सञ्चालन गर्नुभएको थियो।

प्रमुख अतिथि वडाध्यक्ष अमृत तिमिल्सिनाले नयाँ बर्ष २०८० साल प्रवेशको सुखद उपलक्ष्यमा कार्यक्रम मा उपस्थित तथा १६ मा बस्नुहुने सम्पुर्ण आदरणीय दाजुभाइ दिदीबहिनी सबैमा सुख शान्ति समृद्धिको शुभकामना व्यक्त गर्नुभएको थियो भने यस संस्थाले जनता सग सरोकार राख्ने जनताको हितमा काम गर्दै आएका सर्वविदितै भएको हुनाले मेरो तर्फबाट हुनसक्ने सहयोग हिजोका दिनमा पनि गरेको र आवश्यकता अनुसार अझैपनि सहयोग गर्ने  बताउनुभयो।

कार्यक्रममा उपस्थित सम्पूर्ण व्यक्तित्वहरुलाई संस्थाका उपाध्यक्ष विष्णुकुमारी गुरुङले नयाँ वर्षको शुभकामना सहित संस्थाले गर्न लागेका राम्रा कार्यहरुमा सबैको साथ र सहयोगको आपेक्षा गर्दै सबैलाई स्वागत गर्नुभएको थियो ।

राष्ट्रियगीत बजाएर सुरुगरिएको कार्यक्रम प्रमुख अतिथिले २०८०  सालको भित्तेपात्रोको लोकार्पण गर्दै भित्तेपात्रोमा  हस्ताक्षर गरेर कार्यक्रम को उद्घघाटन गर्नुभएको थियो ।

कार्यक्रममा शुभकामना मन्तब्य दिदै मोहन थापा ले पोखरा महानगर पालिका वडा नम्बर १६ मा रहेका तीनवटा संस्थाहरु क्रमश:दिप युनाइटेड , हिमालय  र नव आदर्श  प्रतिस्ठान तिन सेप रहि १६ को बिकास मा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका सस्था भएको हुनाले वडाले पनि त्यही किसिमको ब्यबहार गर्नु पर्ने बताउनु भएको थियो।

कार्यक्रममा दिल बहादुर गुरुङ “दिलकाजि” ,  टोल विकास संस्थाको तर्फबाट गोपाल गिरी मातृशिशु मितेरी अस्पताल का अध्यक्ष धर्मराज थापा, सस्थाका पूर्वअध्यक्ष मनकाजी गुरुङ्ग ,न्यू दिप ज्योति आमा समूहको अध्यक्ष कौषिला आचार्य लगायतले शुभकामना मन्तव्य सहित संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो ।

दिप यूनाइटेड क्लबले आफ्ना विभिन्न कार्यक्रम गर्दै आइरहेको खुला चौरमा खुला व्यायामसाला निर्माण गर्ने कार्य लाइ युके मा बस्दै आउनुभएको गिता गुरुङले सो कार्यक्रम लाइ सहयोग पुगोस भनेर रु २० हजार सहयोग भएको थियो।

प्रतिक्रिया दिनुहोस्: