Worldlink Communications

मिसन ग्रासरूट ने क पा एमाले पोखरा ३३ द्वारा स्टेसनरी सामग्री सहयोग 

बैशाख २, पोखरा

ने क पा एमाले पोखरा ३३ वडा कमिटीले आज सनिवार मिसन ग्रासरूट अन्तर्गत स्टेसनरी सामग्री बितरण गरेको छ।

वडाको तोरि पेल्ने चौतारामा अबस्थित जनज्योति आधारभुत बिधालयलमा अध्ययन गर्ने ५० जना बिद्यार्थीहरूलाइ स्टेसनरी सामाग्री सहयोग गरिएको छ।

कार्यक्रममा एमाले प्रदेश कमिटी सचिबालय सदस्य टिकाराम पगेनिको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा जिल्ला कमिटी कास्किका सचिबालय सदस्य शिब प्रसाद आचार्य , एमाले पोखरा महानगर कमिटी अध्यक्ष दिलिप न्यौपाने , जिल्ला कमिटी सदस्य कुल बहादुर रानाभाट महानगर कमिति सदस्य नरेन्द्र भण्डारी बिधालय ब्यबस्थापन समिति अध्यक्ष पुस्पराज अधिकारी र नारायण प्र आचार्य लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

पोखरा ३३ वडा कमिटीका अध्यक्ष दिपकराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रम सचिव राज आचार्यले संचालन गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्: