Worldlink Communications

पोखरा २४ को आयोजनामा छ दिने महिला शसक्तिकरण तथा नेतृत्व विकास तालिम

बैशाख १५, पोखरा

पोखरा महानगरपालिका वाड नम्बर २४ कास्कीकोटको आयोजना मा ६ दिने महिला सशक्तिकरण क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम आज बैशाख १५ देखि २० सम्म आफ्नै प्राङ्गणको सभाहलमा सुरु गरेको छ ।

कार्यक्रमको संयोजक एवम महिला जन प्रतिनिधि सरस्वती त्रिपाठीको अध्यक्षतामा भएको थियो। कार्यक्रम पोखरा महानगरपालिका वडा नम्बर २४ का वडा अध्यक्ष भरत बहादुर अधिकारी को प्रमुख आतित्थ्यता भएको थियो  भने कार्यक्रम पोखरा महानगरपालिका सचिव ईन्द्र जि सि ले संचालन गर्नुभएको थियो।

प्रमुख अतिथि भरतबहादुर अधिकारीले ब्यानरमा हस्ताक्षर गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले महिलाहरूलाई सशक्तिकरण र नेतृत्व विकाससम्बन्धी तालिम गराएर समाजको परिवर्तन गर्ने हाम्रो मुख्य सोचाइ रहेको बताउनुभयो । कार्यक्रम बाट महिलाहरु उपस्थितिमा हुने यो  कार्यक्रम बाट समाजमा सबैले सक्षम सवल मेनपावर उत्पादन गर्न सक्नुपर्छ भन्नुभयो।

जनप्रतिनिधि सदस्य हरुले कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो। वडा नं. २४ भित्रका ३७ वटा आमा समूहरु बाट प्रतिनिधिमूलक सदस्य हरुको समुपस्थितिमा कार्यक्रम सुरु भएको थियो।

https://www.facebook.com/watch/?v=947160936326475&mibextid=Nif5oz

प्रतिक्रिया दिनुहोस्: