Worldlink Communications

प्रधानमन्त्रीलाई ललितकलाकर्मीहरुको ध्यानाकर्षण पत्र बुझायो

जेष्ठ १२ , पोखरा

आज २०८० मा संघीय संसदको संयुक्त बैठकमा सार्वजनिक गर्नु भएको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा ललित कलाकर्मीहरुको टोली ले ध्यानाकर्षण गराएको छ ।

कलाकार अरनिको पालामा स्वर्ण युग नेपाल भएको पनि यतिका बर्ष या युगौ वितिसक्दा पनि अहिले सम्म नेपाल ललितकला डायमण्ड युगमा पुग्न नसकेको जनाउदैं अहिलेको युग ललितकला डायमण्ड युग बनाउन निम्न कुराहरू निति तथा कार्यक्रममा राख्न प्रधानमन्त्री ज्यूसँग विश्वकला यात्री नगेन सिंहले अनुरोध गर्नुभएको थियो ।

ध्यानआकर्षण मा नेपाल ललितकला बिकास बोर्डको स्थापना गर्नुपर्ने केन्द्र लगाएत जिल्लाका ललितकलाकर्मीहरुले माग गरिएको छ।नेपाल ललितकला लोकतान्त्रिक संघका केन्द्रिय सभापति तथा विश्वकला यात्री प्राज्ञ नगेन सिंह , उपसभापति राजु पिठाकोटे , ललितपुर जिल्ला अध्यक्ष राजन महर्जन , काठमाण्डौं जिल्ला अध्यक्ष प्रभात श्रेष्ठ जेके लगाएतले प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउदै यस्तो माग गरिएको छ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कार्यालय पठाउने उदेश्यले बुझाइएको उक्त ज्ञापनपत्र कार्यालय प्रमुखले प्रधानमन्त्रीकोमा पठाउने बचन दिनुभएको थियो ।

ज्ञापनपत्रमा हरेक सरकारी विद्यालयमा अनिवार्य एक ललितकला शिक्षकको दरवन्दी राख्नुपर्ने, विभिन्न श्रोतमार्फत उठेको करबाट निश्चित प्रतिशत ललितकलामा लगाउनु पर्ने, हरेक सरकारी कार्यालयमा अनिवार्य एक कलाकृति राखिनुपर्ने, नेपालका कलाकारहरुको कलाकृतिहरु बैंकमा धितो राखेर ऋण सुविधा उपलब्ध गराउनुपर्ने मागहरु राखिएका छन् ।

ज्ञापनपत्र विश्वकला यात्री प्राज्ञ नगेन सिंह ठकुरी लगाएतले जिल्ला प्रशासन कार्यालयमा वाचन गरेर प्रशासन प्रमुखलाई सुनाउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: