जेठ १३, पोखरा
गुफा संरक्षण तथा सामुदायिक विकास संस्था को आयोजनामा भएको सम्पदा जोगाऔ समृद्धि बढाऔ भन्ने नाराका साथ आज भएको सम्पदा संरक्षण अभियान विषयक छलफल कार्यक्रम बाट सम्पदा संरक्षण अभियानको संयोजक पदमा केशव बस्नेत सर्वसम्मत चयन हुनुभएको छ।
संस्थाका अध्यक्ष अनिल बस्नेतले अध्यक्षता गर्नुभएको कार्यक्रमलाई भव्य सभ्य र अनुशासित रुपले यम कार्कीले सञ्चालन गर्नुभएको थियो। कार्यक्रम मा उपस्थित सबै लाइ स्वागत गर्दै केशव बस्नेत ले प्राकृतिक ,सांस्कृतिक, शैक्षिक, धार्मिक एवम् ऐतिहासिक सम्पदाले भरिपूर्ण पोखरा विश्व मा नै सन्दर र उत्कृष्ट सहर भएको बताउनुभएको थियो।
पोखरालाई अझै राम्रो बनाउन अगाडि बढ्नुपर्नेमा प्राकृतिक सम्पदाहरु लाई नै जोखिम पारी मध्यपहाडी लोकमार्ग को रेखांकन अगाडि आइरहेको यस परिवेशमा यो सही छैन यसले ऐतिहासिक रुपमा प्राकृतिक रूपमा सांस्कृतिक रुपले धार्मिक रुपले शैक्षिक धरोहरहरुलाई नै सिध्ल्याउने किसिमले आएकोले राष्ट्रिय,अन्तर्राष्ट्रिय स्थानीय सम्पदाहरुको संरक्षण गर्नुपर्ने बाध्यात्म अवस्था आएको ले बताउनुभयो। राजमार्गको रेखांकन परिवर्तन गरी परिभाषा अनुरुप ग्रामीण क्षेत्रलाई समेट्ने गरी आएको यो लोकमार्ग ग्रामीण नै भै जानेछ भन्ने विश्वास गर्दै सबैलाई स्वागत गर्दै आज बन्ने सम्पदा संरक्षण समिति जिम्मेवारीपूर्ण बन्नेछ भन्ने आशा गर्दै सबैलाई स्वागत ब्यक्त गर्नुभएको थियो।
कार्यक्रममा पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले यो कार्यक्रमलाई निकै नजिक बाट र स्नेहपूर्वक हेरेको बताउनुभयो। विदेशबाट आउने व्यक्ति पहिला काठमाडौँमा झर्छ भने त्यसपछि गन्तव्य भने पोखरा हुनेगर्छ पोखरा आइसकेपछि उसको पहिलो, दोस्रो गन्तव्य महेन्द्र गुफा हुने गर्दछ भने यस किसिमका राष्ट्रिय गौरवका सम्पदाहरुलाई संरक्षण गर्न किन चनाखो नहुने भन्नुभयो।
विषय सम्पदा संरक्षण भनिएपनि यसको मसकत भनेको पुष्पलाल मध्यपहाडी लोकमार्गले पोखरालाइ चिनाउने विश्वसम्पदा सूचीमा परेका र स्थानीयस्तरमा रहेका सम्पदाहरुलाई ध्वस्त पार्दै बिच बाटो भएर चिर्दै जाने बिषयनै गम्भीर समस्याको रूपमा भएर आएको बताउनु भयो। यसै बिषयलाइ लिएर केन्द्रमा माननिय विद्या भट्टराई र प्रदेशमा कृष्ण थापा लगायतका स्थानिय व्यक्तित्वलाई आफूले सम्पर्क गरि रहेको र उहाँहरुले जनतालाइ अप्ठेरो परेको गाह्रो भएको भविश्यमा भाबि सन्तति हरुको उठिबास सम्म हुनसक्ने विषय भएको हुनाले उहाँहरू इमान्दारिताका साथ लाग्नुभएको मैले बुझेको छु भन्नुभयो।
परिवर्तन सम्भव छ भन्दै आफूहरुले यो देशको जहानिया राणा शासन गएको नि देखेको आफ्नै उपस्थिति मा ३० वर्षे राजसंस्था फालेको , ६/६ महिनामा सरकारहरु परिवर्तन भइरहेको देखिरहेको र अझै भन्नुपर्दा यहि बाटोको रेखांकन पनि पटकपटक परिवर्तन गरिएको देखेको हुनाले जनताको घरबास उठिबास बनाउने यो बाटोको रेखाङ्कन किन परिवर्तन नहुने भन्नु भएको थियो।
वडा अध्यक्ष अमृत शर्मा तिम्सिनाले यहाँका युवाहरुले सम्पदा संरक्षण अभियान कार्यक्रम राख्नु अझै यस किसिमको कार्यक्रम लाइ गुफा संरक्षण तथा सामुदायिक विकास संस्थाले आयोजना गर्नु धेरै नै खुसि को बिषय भएको हुनाले धन्यवाद दिन चाहन्छु भन्नुभयो
सम्पदा संरक्षण गर्ने अभियानको क्रममा कनेक्टिङ रोडको अव धारणा लाइ आत्मसात गर्दै यस वडा भित्र रहेको सम्पुर्ण गुफाहरु जोड्ने कनेक्टिङ रोडको लागि केही बजेट आइसकेको र थप आउने क्रममा रहेको बताउनुभएको थियो। सम्पदा संरक्षण हुनुपर्छ भन्ने विषयलाई उहाँले पनि यसको बाधकको रुपमा देखिएको मध्यपहाडी लोकमार्गको रेखाङ्कननै अहिले हाम्रो अभिशाप बनेर आएको छ भन्नुभयो । यस राजमार्गले राष्ट्रिय गौरवका सम्पदाहरु ध्वस्त हुनेछन भने स्थानीय बासीहरुको उठिबास हुने देखिएको हुनाले रेखांकन परिवर्तनको लागि अगाडि बढ्नु पर्छ भन्ने विषयमा आफूले सक्दो प्रयास गरिरहेको र जबर्जस्त जनताको हितमा नहुने कार्य हुन गएको खण्डमा आफू जनतासँगै भएको बताउनुभएको थियो।
मध्यपहाडि लोकमार्ग लोकमार्गको मापदण्ड नखुलाई भविष्यमा आउने अफ्ठेरोहरु जनतालाइ थाहै नदिई महेन्द्र गुफा, चमेरे गुफा ,अमला बिसाउनि, गण्डकी बोर्डिङ स्कुल हुदै याम्दि जोडिने भएको हुनाले बिस्वको स्वर्ग को टुक्रा को रुपमा रहेको पोखरा हेर्न लायक देख्नलाई र सभ्य पोखरालाइ यो बाटोको अ अवैज्ञानिक रेखांङकन लेगर्दा पोखरानै कुरुप हुने भएको हुनाले आवश्यकताले माग्यो भने यो आन्दोलनको नेतृत्व वडा न. १६ र वडा न. १९ को अध्यक्ष ले नै लिनुपर्छ भने पनि आफुहरु पछाडि नपर्ने भन्दै यो रेखांकन परिवर्तन हुनुपर्छ भन्नुभयो ।
हामीले हाम्रो तह र स्तरबाट यस विषयमा जिम्मेवारी पुर्वक काम गरिरहेको छौ संघीय सांसद विद्या भट्टराई र प्रदेश सांसद बिन्दु थापालाई पटक पटक भेटेर राष्ट्रिय सम्पदाहरु ध्वस्त हुदै सकिँने र जनताको बसोबास उठिबासहुने जस्ता गम्भीर विषयमा ध्यानाकर्षण गराइरहेको जोडदार सँग माग उठाइरहेको जानकारी गराउनुभएको थियो।
कृषि विज्ञ बेनी बाहादुर बस्नेतले यो सम्पदा संरक्षण अभियान विषय आफूलाई धेरै नै मन परेको भन्दै कृषि र पर्यटन रुपमा बिकास गर्नु पर्ने यस क्षेत्र लाइ विभिन्न बाहनाहरुले बिचबिचमा बाधकको रुपमा आउने विकास विरोधी विचार विरोधी भाबहरुले सधैभरि उत्तरी पोखरा पछाडि परिरहेको छ भन्नुभयो। मध्यपहाडि लोकमार्गको गलत रेखांकन ले गर्दा उत्तरी पोखरा वडा न.१६/१९ मा रहेका विश्व सम्पदामा र स्थानीय सम्पदाहरुको ख्यालै नगरी, नागरिकहरूको बस्तीको ख्यालै नगरी गरिएको रेखांकन उत्तरी पोखरा बासिको लागि स्वीकार्य हुने छैन भन्नुभयो।
राष्ट्रियस्तरमा भुमि विज्ञ हरुबाट गुफा वरिपरिको भूमि जाँचबुझ गर्दा गुफा क्षेत्रभित्रको भुमि पुरै छिद्र छिद्र भएकोले यसको १००/ १०० मिटर वरपर बस्ती बस्न र घरहरु निर्माणकार्य गर्नसक्दैन भन्ने बिषय स्पष्ट भनिएको ले पनि यहाँ बाट ठूला गाडीहरु आवतजावत गर्न सक्दैनन् भन्ने कुराहरूको जान्दाजान्दै र स्थानीय जनताहरुलाई घरबारविहीन बनउँदै राष्ट्रिय सम्पदाहरूको व्यवस्ता गर्दै कुनै पनि काम गरिन्छ भने त्यसको जिम्मेवारी जनप्रतिनिधि र सरकारले लिनुपर्छ भन्नुभयो।
बिन्ध्बासिनी क्याम्पस समितिका अध्यक्ष दान बहादुर बानियाले प्रकृतिले दिएका यी संम्पदाहरु हाम्रा वरदानका रूपमा छन् यिनीहरु अपरिवर्तनिय छन् यिनको जगेर्ना गर्नुपर्छ यिनीहरुलाई संरक्षण गरेर अगाडि बढ्नुपर्छ मानिसले बनाएका कृतिमबस्तु हरु धेरै नटिक्ने हुनाले प्रकृतिले दिएका वरदानहरू को व्यवास्ता गर्दै हुने विकास देख्दा समाज कता जाँदै छ देश कता जाँदै छ भन्ने कुराले सबै लाइ सोचनीय बनाएको छ भन्नुभयो ।
मध्यपहाडी लोकमार्ग को बिषयमा कस्को जग्गा कति परयो भन्ने बिषय भन्दापनि यस्ले पारेको दुर्गामि असर के हो ? यसबाट हामि लाइ के फाइदा के बेफाइदा? यस बाट पर्ने असर कहा कति ?यो राजमार्ग आउदा नआउदा अर्थात् रेखांकन राम्रो गरेर जादा के कस्तो ? मापदण्ड कति ? जस्ता विषयमा गम्भीर भै जिम्मेवारी पुर्वक सोचेर अगाडि बढ्नुपर्ने बताउनुभयो।
बिन्ध्यबासिनी स्कुल समितिका अध्यक्ष गुरुदत्त भट्टराई ले राष्ट्रिय सम्पदा को रुपमा राष्ट्रकै पहिचान बोकेका सम्पदाहरुको पहिचान हराउछ कि भन्ने आशंकाको जगबाट गरिएको यो कार्यक्रम ठिक छ भन्नुभयो। विकासको रुपमा आएको मध्य पहाडी लोकमार्गले जनताको पक्षमा जनताको हितमा हुनेगरी राम्रो रेखांकन सहित जनताको मन जितेर जानेछ भन्ने विश्वास लिएको बताउनुभयो।
बिन्ध्यबासिनी स्कूल का प्राचार्य कृष्णप्रसाद आचार्यले महेन्द्र गुफा बिकास को सन्दर्भमा स्कुल ले धेरै नैं लगानी गरेर बनाएको गुरुयोजना अनुसार त्यहाको भुबनौट छिद्र छिद्र भएको हुनाले बसोबास गर्न योग्य जमीन नभएको र जमिनको मुनिमुनि पानी भएको ले गर्दा ह्याबि साधान चल्न सक्दैन भन्ने रिपोर्ट अनुसार पनि यो बाटो मध्य पहाडी लोकमार्ग कोलागि उपर्युक्त नहुने बताउनुभएको थियो।
एकल महिला को तर्फबाट सस्थाका अध्यक्ष दुर्गा थापाले राष्ट्रिय सम्पदा भनेको राष्ट्रको गौरव हुन यिनिहरु को संरक्षण हुनुपर्छ भन्नुभयो। बिकासको नाममा बिनास हुनुहुदैन बिकास ले जनाताको जिबन मा परिवर्तन ल्याउन सक्नुपर्छ भन्नुभयो। राष्ट्रिय सम्पदाहरू को बिनास गरेर जनताको जनजीवन सँग बेवास्ता गरेर आएको मध्य पहाडी लोकमार्ग होस वा जुनसुकै विकासपनि आफुलाई स्वीकार्य नहुने बताउनुभयो। यस किसिमका आन्दोलनमा मेरो पुर्ण सहमति भएकोले तपाईहरुसँग जहाँ जान परेपनि तयार भएको बताउनु भएको थियो।
पूर्व गुफा संरक्षण तथा सामुदायीक विकास समितिका अध्यक्ष गोविन्द बस्नेत ले मध्यपहाडी लोकमार्ग भन्ने विषय पोखरा १६ र १९ को निम्ति चुनौती र अवसर दुवै भएकोले यसले हामिलाइ राम्रो पाठ सिकाएको छ भन्नुभयो।यस किसिमको बिकासमा विरोध मात्र भन्दापनि हामी हाम्रो स्थानको विकासको निम्ति भावी पुस्ताहरु को निम्ति दुरगामी काम कसरी गर्न सकिन्छ भन्ने बारेमा पनि सबै उत्तिकै संवेदनशील र जिम्मेवारी भएर अगाडि बढ्नुपर्ने बताउनुभयो।
यस बिषय १/२ जना मात्र नभई सबै उत्तिकै महत्वपूर्ण विषय भएको हुनाले सबै ले जिम्मेवारी भै थप अझै चनाखो हुनुपर्ने पनि बताउनु भयो। राजमार्ग भनेको ठूलो बाटो भएको र यसको योजना पनि ठूलो हने भएको हुनाले १६र १९ का सबै जुरुक्क उठनु पर्छ भन्नुभएको थियो। भित्रभित्रै एउटा कुरा बाहिर बाहिर अर्को कुरा भएको पो हो कि जस्तो लागिरहेको छ यदि यो राजमार्ग सहिसलामत राम्रो तरिकाले आएको भएत मापदण्ड खुलाएर आउनपर्ने होइन र भन्दै शंकाले हेर्नु पर्ने भएको बताउनुभएको थियो ।
सन्दिप थापाले आयोजक संस्था गुफा संरक्षण तथा सामुदायिक विकास संस्थाले गुफाभित्र नालामा टासिएको ढुंगा देखेको छ कि छैन छ भने अब त्यो नाला माथि स्ल्याब राखिँदै छ भन्ने सुनिरहेको छु भन्दै जे गर्नु नि पाइन्छ र ? यसमा यो गुफा संरक्षण संस्थाले गुफा को बारेमा केही बोल्छ कि बल्दैन भन्नुभयो । बिकास को सम्मबहाक बनेर आएको मध्यपहाडी लोकमार्ग राम्रो रेखांकन गर्दै जनताको आफ्नो बाटो बनेर मध्यपहाडी लोकमार्ग जान सकोस भन्नुभएको थियो।
कार्यक्रमको अन्तमा सम्पदा जोगाऔ समृद्धि बढाऔ भन्ने नाराका साथ सम्पदा संरक्षण अभियान विषयक छलफल कार्यक्रमबाट सम्पदा संरक्षण समितिको संयोजकमा सर्वसम्वत केशव वस्नेत चुनिनुभएको थियो। पोखरा १६ र १९ भित्र रहेका विभिन्न सम्पदाहरु का अध्यक्षहरु सदस्य बन्ने गरी आवश्यकताअनुसार थप सदस्य बनाउने निर्णय गर्दै आजको कार्यक्रमको अध्यक्षता गरिरहनुभएका संस्थाका अध्यक्ष अनिल बस्नेतले धन्यवाद ज्ञापन सहित कार्यक्रम समापन गर्नुभएको थियो।









प्रतिक्रिया