Worldlink Communications

आज बाट सर्बसाधारणको लागि पोखराको रत्न मन्दिर दरबार खुल्ला

जेठ १५,पोखरा

पोखराको ६ लेकसाइड को २८ रोपनी क्षेत्रफल भित्र रहेको रहेको यो रत्न मन्दिर पटक पटक खुलाउने भनिएपनि खुल्न नसकेको पोखरा को रत्न मन्दिर  आज गणतन्त्र दिवसको अवसर पारेर सर्बसाधारणको लागि आजैबाट खुल्ला गरिएको छ।

बिहान १० बजेदेखी दिउँसो ५ बजेसम्म खुल्ने रत्न मन्दिर परिसर भित्र फोटो खिच्न बन्देज लगाइएको छ। रत्न मन्दिर सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गणतन्त्र दिवसको दिनमा सर्वसाधारण को लागि रत्न मन्दिर खुलागरेको घोषणा गर्नुभएको हो ।

राजासस्थाको इतिहाससँग जोडिएको रत्न मन्दिर सर्वसाधारणका लागि खुला गर्नुपर्ने पोखरेलीको मागलाइ ढिलै भएपनि सम्बोधन भएको सर्वसाधारण बताउनुहुन्छ । दरबारभित्र ऐतिहासिक सामग्रीको सुरक्षा र  प्राविधिक कारणले भित्री भाग भने सर्व साधारणको निम्ति खुला गरिएको छैन।

पोखरा महानगरका प्रमुख धनराज आचार्यले लामो प्रयासपछि खुलेको रत्नमन्दिर खुलेपछि पोखराको भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि थप खुसीको कुरा भएको बताउनु भएको थियो  ।

रत्न मन्दिर खुलेपछि दरबार हेर्न पुग्नु भएका सबैले खुसिे ब्यक्त गर्नुभएको थियो । दरबार प्रवेश गर्नको लागि आजको दिन निसुल्क गरिएको भएपनि  भोलि बाट नेपालीहरुले प्रति व्यक्ति एक सय रुपैयाँ  र विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरु लाइ प्रति व्यक्ति ५० प्रतिशत छुट दिइएको भने विदेशी पर्यटकबाट एक हजार को टिकट लाग्ने बताइएको छ ।

राजा महेन्द्रले बनाएको तीनतले दरबारमा ११ कोठा छन,भूइँ तलामा अतिथिकक्ष, भोजनालय, राजाका सुरक्षाकर्मी बस्ने कोठा र आराम कक्ष छन भने दोस्रो तलामा पाँच कोठा छन परपाहुना लगाएत आफन्त बस्ने गरि बनाइएको हो भने माथिल्लो तलामा पूजा कक्ष भएकोले साँच्चिकै रत्न मन्दिर हेर्नलायक देख्न लाइक भएकोले सबैले हेर्नु पर्ने कार्यक्रम मा उपस्थित सबै ले बताउनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्: