Worldlink Communications

वरिष्ठ सारंगी बादक दिलिप गाएकले पाए दोस्रो राष्ट्रिय गण्डकी म्युजिक अवार्ड

जेठ १५, पोखरा

कलाकार दीलिप गायकले दोस्रो राष्ट्रिय गण्डकी म्युजिक अवार्ड  २०८० प्राप्त गर्नु भएको छ।

कलाकार दीलिप गायकले सर्वोत्कृष्ट सारंगी बादक र फुल मायामा नभुल गीतको भिडियो निर्देशन गरेको दुई वटा विधामा दोस्रो राष्ट्रिय गण्डकी म्युजिक अवार्ड प्राप्त गर्नु भएको हो।

पुष्पाञ्जली स्टुडियोले कलाकारहरूको प्रोत्साहन र सम्मानका लागि विभिन्न विधामा अवार्ड प्रदान गर्दै आएको र यस बर्षको सम्मान पुरस्कार दिलिप गायकलाई वरिष्ठ सारंगी बादक र फुल मायामा नभुल भिडियो को निर्देशक बाट अवार्ड दिएको पुष्पाञ्जली स्टुडियो का संयोजक रश्मि गौतमले परिवर्तन न्यूज. कम लाइ  बताउनुभयो।

दिलिप गायक बिगत २८ बर्षदेखी नेपाली लोकगीत र लोक दोहोरि र मौलिक बाजा सारङ्गी बजाउन मा अब्बल मानिनुहुन्छ। लोकगीत संगित क्षेत्रमा उहाको महत्वपूर्ण योगदान छ ।

झलकमान सारङ्गी पाठशालामा लगभग ५०० जना प्रशिक्षार्थीहरु लाई प्रशिक्षण दिइसक्नु भएको छ। हाल गण्डकी प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दुईमहिने मौलिक बाजा सारङ्गी तालिममा पनि उहाले २५ जना प्रशिक्षार्थीहरुलाई प्रशिक्षण गराइरहनु भएको छ।

दिलिप गायक ले एपोस्टल मिडिया को माध्यमबाट करिब एक सय म्युजिक भिडियो र गुरुङ चलचित्र  छारक्य प्रदर्शन गरिसक्नुभएको छ भने नेपाली कथानाक चलचित्र भरोसा आउने तयारीमा भएको अवस्थामा छ। म्यूजिक भिडियो हरु तीज गीत :म माइत जाने हो, रंगी चंगी तीजको बेला, गाउँको चिनारी गीत, मकवानपुर गाउँको चिनारी ,गीत फुल मायामा नभुल, ख्यालठट्टा , रेलै मा र बिभिन्न क्रिस्टियन गित हरु रिलिज गरिसक्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्: