Worldlink Communications

पोखरामा खेलपत्रकारिता सम्बन्धी तिनदिने तालिमको सम्पूर्ण तयारी पुरा

जेठ १७, पोखरा

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज बाट पोखरामा हुने खेल पत्रकारिता सम्बन्धी तिन दिने तालिमको सम्पूर्ण तयारी पुरा भएको मञ्चका अध्यक्ष दिननाथ बरालले जानकारी दिनुभयो।

चिप्लेढुङ्गाको पोखरा ट्रेडमलमा रहेको क्लासिक चुलोमा हुने तालिमको औपचारिक उद्घाटन आज गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले गर्नुहुने मन्चका अध्यक्षले जानकारी।

बिषेश गरि गण्डकी प्रदेशका खेल पत्रकारहरुलाई लक्षित गरेर आयोजना गरिएको तालिम आज १७ गते बुधबार देखि शुक्रबार सम्म सञ्चालन हुनेछ । तालिममा मञ्चमा आवद्ध ७४ सदस्य लगायत खेलकुदको बोटबाट अगाडि बढ्न इच्छुक पत्रकारहरुको  समेत उल्लेख्य सहभागिता हुने बताउनुभयो।

प्रदेश खेलकुद परिषद गण्डकी र पोखरा महानगर पालिकाको सहयोगमा आयोजना गरिएको तालिममा प्रमुख प्रशिक्षक आइसिसि का एम्पायर दुर्गा नाथ सुवेदी लागाएत को टिम ले तालिम दिनुहुनेछ  भने तालिममा ७४ जना खेल पत्रकार भएको भए पनि ६० जनाभन्दा बढी खेल पत्रकार सहभागीता हुने अपेक्षा गरिएको मञ्चका महासचिव राजाराम पौडेल ले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्: