Worldlink Communications

नेपाली ओलम्पियनहरुको छाता संगठन नेपाल ओलम्पियन संघले पोखरामा कार्यक्रम गर्दै

जेठ १८, पोखरा

नेपाली ओलम्पियनहरुको एक मात्र छाता संगठन नेपाल ओल म्पियन संघले आज पत्रकार सम्मेलन गरेर यहि साता पोखरामा दोस्रो ओलम्पियन पुर्नमिलन तथा ओलम्पियन सम्मान कार्यक्रम आयोजना गरेको जानकारी गराएको थियो ।

सर्भिसटु सोसाइटी, सर्भिस टु ओलम्पियन भन्ने नाराका साथ विश्वभरका ग्रिष्म र शितकालिन ओलम्पियनहरुको छाता संगठनका रुपमा विश्व ओलम्पियन संघको स्थापना भएको थियो  भने सोही संघमा सदस्य राष्ट्रका रुपमा नेपालले ओलम्पियन्स संघले यो बर्ष पोखरामा पुर्नमिलन कार्यक्रम गर्ने भएको छ ।

संघको आयोजनामा पहिलो ओलम्पियन पुर्नमिलन तथा सम्मान कार्यक्रम गत वर्ष असारमा काठमाडौंमा भएको थियो । उपत्यका बाहिर पनि कार्यक्रम आयोजना गर्ने उद्देश्यका साथ यसपटक पोखरामा आयोजना गर्न लागिएको जानकारी दिइएको थियो ।

कार्यक्रममा सहभागी हुन ओलम्पियनहरु जेष्ठ १८ गते आज साँझ सम्म पोखरा आइपग्ने र जेष्ठ २० गते बिहान प्रभात फेरी तथा सोही साँझ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको मुख्य आतिथ्यतामा पूर्नमिलन तथा सम्मान कार्यक्रम हुनेछ । जेष्ठ २१ गते संघको वार्षिक साधारण हुनेछ । सोही दिन गण्डकी प्रदेशका खेलाडी, खेलकर्मी तथा खेलप्रेमीहरुसँग ओलम्पियनहरु बिच अन्तरक्रिया कार्यक्रम हुने पनि बताउनुभएको थियो ।

नेपालले पहिलो पटक सन् १९६४ मा जापानको टोकियो ओलम्पिक बाट औपचारिक रुपमा ओलम्पिकमा सहभागिताता जनाउन सुरु गरेको इतिहास छ भने सन् १९६३ मा नेपालले अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) को सदस्यता प्राप्त गरेको थियो

झण्डै ६ दशकको अन्तरालमा ५० जना नेपाली खेलाडीले ग्रिष्म (८८ जना) र शितकालिन ओलम्पिक (२ जना) मा सहभागिता जनाएको तथ्याङ छ । त्यसमध्ये १० जना स्वर्गिय भइसक्नु भएको छ । केहि ओलम्पियनहरु भने विदेशमा रहनु भएको जानकारीमा आएको र देशभर बाट ५० जना बढी ओलम्पियनहरुको सहभागिता रहने जानकारी दिइएको थियो  ।

कार्यक्रममा विश्व ओलम्पियन संघका प्रतिनिधिको सहभागिता रहने जानकारी प्राप्त भएको छ । कार्यक्रमको स्थानिय व्यवस्थापनका लागि पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारको संयोजकत्वमा १३ सदस्यीय समन्वय समिति तथा ५ सदस्यीय सल्लाहकार समिति गरिएको जानकारी गराइएको थियो।

यो कार्यक्रम आयोजनाले गण्डकी प्रदेशमा खेलकुदमा सकारात्मक प्रभाव पर्ने आशा राखेका छौं ।कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश, पोखरा महानगरपालिका, प्रदेश खेलकुद विकास परिषद्, गण्डकीको विशेष सहयोग रेको छ । पोखरामा आयोजना हुने यो कार्यक्रममा विशेष सहयोग गर्नुभएकोमा गण्डकी खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मालाई धन्यवादसहित भविष्यमा  हुने स्कूल टु ओलम्पिक कार्यक्रममा पनि सहयोग रहनेमा हामी विश्वस्त छौं लिएको पत्रकार भेटघाट कार्यक्रम मा जनाइएको थियो ।

ओलम्पियन पूर्नमिलन कार्यक्रमलाई केल्मी र नेपाल टेलिकमले मुख्य प्रायोजन गरेका छन् । त्यस्तै प्रायोजकमा जिमी ग्रुप, मोतीदाना कन्स्ट्रक्सन, सिद्धार्थ बैंक, नबिल बैंक, रहेका छन् त्यस्तै गरि राइका टुर्स एन्ड ट्रेक्स, नेपाल लिक्वर्स प्रा.ली., एनआरएस स्पोर्टस फाउन्डेसन, क्षमादेवी ग्रुप र स्पोर्टस युनिभर्सको कार्यक्रममा सहयोग रहेको छ भने हस्पिटालिटी पार्टनरका रुपमां वर पिपल रिसोर्ट, होटल बाराही, द होटल लेकसाइड, होटल बुटिक पोखरा, होटल किंग्स पोखरा भएको जानकारी दिनुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस्: