Worldlink Communications

प्यारो हरियो नेपाल काठमाडौंद्वारा दुई सय बिरुवा वृक्षारोपण गरर्यो

जेठ २२, पोखरा

विश्व वातावरण दिवश २०२३ को अवसरमा ‘प्यारो हरियो नेपाल’ काठमाडौँ  ‘नेपाल खानेपानी संस्थान’ को आयोजनामा  [HIECC र JICA] sapporo waters works bureaue नेपाल दातृनिकाय र शिवपुरी आमा समूह, हरियाली आमा समूह पुरुन्चौर कास्कीको समन्वयमा खानेपानी वितरण सेवा तथा व्यवस्थापन प्रणालीमा सुधारकालागि प्राविधिक सहयोग परियोजना अन्तर्गत वृक्षारोपण कार्यक्रम गरिएको हो।

“प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौ वातावरण मैत्री विकल्पको उपयोग गरौं ” भन्ने नाराका साथ आज पोखरा महानगरपालिका वडा न. १९ पुरुन्चौरको पुरनखर्कमा करिब दुई सयभन्दा बढी विरुवाहरु वृक्षारोपण गरिएको हो ।

कार्यक्रमको अध्यक्षता प्यारो हरियो नेपाल काठमाडौंका अध्यक्ष अमिरा दलिले गर्नु भएको थियो भने वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि नेपाल खानेपानी संस्थानका महाप्रवन्धक इश्वर प्रसादले गर्नुभएको थियो ।

अतिथिहरुमा नेपाल खानेपानी संस्थान पोखरा कास्कीका प्रमुख आशिष कार्की, पोखरा खानेपानी प्रोजेक्ट कन्सल्टेन्ट काजु हिको उएहारा, हाजमा पोखरा खानेपानी का प्रोजेक्ट मेनेजर कानका सुलेई लाइ , पोखरा महानगर पालिका वडा नं. १९ का वडाध्यक्ष पुस्पेन्द्र पाण्डे डाँडावरि फाउन्डेसन का सोमनाथ पौडेल लगायत करिब सय जनाको उपस्थितिमा भएको वृक्षरोपण कार्यक्रम संस्था का आइटि अफिसर सुमित्रा श्रेष्ठले सञ्चलन गर्नुभएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि खानेपानी संस्थानका महाप्रबन्धक इश्वर प्रसादले वृक्षारोपण कार्यक्रम गर्नु ठूलो बिषय भएको र यसलाई जोगाउने बिषय अझ ठुलो भएको बताउनुभयो।धेरै राम्रा विरुवाहरु ल्याएर रोपिएकोले बिरुवा रोप्ने कार्यक्रममा आफुलाई सहभागि हुने मौका मिलाइदिनु भएकोमा आयोजक प्रति आभार व्यक्त गर्नुभएको थियो ।

प्रमुख अतिथिले खानेपानी शुद्धिकरण प्लान्ट देखि माथि पोखरा पुरुन्चौर सम्म करिब चार किलोमिटर बाटो बनाउने कुरामा हाम्रो सस्था जहिले पनि प्रतिबद्ध र बचनबद्धता छ । हामि ले बाटो बनाउने छौ भन्दै उपस्थित सम्पूर्ण जनता लाई बिस्वास दिलाउनुभएको थियो ।

खानेपानी संस्थान कास्की प्रमुख आशिष कार्कीले धन्यवाद सहित वृक्षरोपण गर्ने कार्यक्रम राम्रो भएको बताउनुभयो। हामी जहिले पनि जनस्वास्थ्यसग सरोकार राखेर काम गर्नुपर्ने भएकोले खानेपानी शुद्धिकरण जस्तो संवेदनशिल विषयमा सबै सजग रहनुपर्ने बताउनुभयो।

प्यारो हरियो नेपाल काठमाडौंका कार्यकारी निर्देशक नारायण प्रसाद ज्ञवालीले “प्लाष्टिकजन्य प्रदुषण निर्मल परौ वातावरण मैत्री विकल्पको उपयोग गरौं” भन्ने नाराका साथ सुरु गरिएको वृक्षारोपण कार्यक्रममा करिब दुई सयभन्दा बढी विरुवाहरु रोपिएको बताउनु भएको थियो।

दोस्रो विश्वयुद्धताका पूर्वी मरुभूमिकरण भइरहेको  समयमा सबै बिरुवाहरू मासिदा हरियोहुदै आफै हुर्किएर आएको गिनको बाइ लोबा नामक बिरुवा सहित पयौ, कल्कि, कपुर, गुलाब जामुन लगायतका विभिन्न जातका दुई सयभन्दा बढी बिरुवा वृक्ष।रोपण गरिएको र बिरुवा  सरसंरक्षणको लागि एक वर्षको लागि एक कामदार पनि राखिसकिएको जानकारी दिनुभएको थियो‌।

हुर्किसकेका ठुला बिरुवाहरुको वृक्षारोपण गरिएको सो  कार्यक्रमको अध्यक्षता गर्नुभएका संस्थाका अध्यक्ष अमिरा दलिले धन्यबाद ज्ञापन सहित कार्यक्रम समापन गर्नुभएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्: