मधेश प्रदेश, धनुषा जिल्लाको नगराइन नगरपालिका वडा नं. २ रबिगाउबाट लोकतान्त्रिक समाजबादिको तर्फबाट बिजयी हुनुभयका वडा अध्यक्ष बुलन यादवलाइ रु. ७० हजार घुससहित आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले पक्राउ गरेको छ ।
वडाअध्यक्ष बुलन यादव सहित वडा सचिव अमृतनारायण मिश्रलाई पनि घुससहित पक्राउ गरियको छ । वडाअध्यक्ष यादव र वडा सचिव मिश्रले सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिए बापत घुस मागको भन्ने सूचना र उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले पक्राउ गरेको हो ।
बर्दिवास अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालको अनुसार सेवाग्राही बाट रु. ७० हजार घुस रकमसहित नगराइन चोक धनुषाबाट नियन्त्रणमा लिइएको हो । उहाँका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताउनु भएको थियो ।