Worldlink Communications

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडान अवतरण

असार ६, पोखरा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज बुधबार पहिलो पटक अन्तर्राष्ट्रिय उडान भएको छ ।

बुधबार बिहान चीनको सिचुवान सहर बाट उडान भरेर पोखरा आएको हो । चिनियाँ काठमाडौं एयरलाइन्सको एयरबस  ३१९९ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको रुपमा पहिलो पटक अवतरण गरेको हो।

पोखरेलीले पहिलो अन्तर्राष्ट्रिय यात्रुहरु लाइ भव्य र सभ्य रुपले स्वागत गरेको सजिलै देख्न सकिन्थ्यो । पोखरा का बिभिन्न चोकमा पाहुनाहरुको स्वागतका लागि स्वागतद्वार बनाइएको र झिलिमिली  प्रचार प्रसार गरिएको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको करिब ६ महिनापछि पहिलो पटक अन्तर्राष्ट्रिय उडानको रुपमा चिनियाँ चार्टड विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्दा पर्यटकीय सहर का आदरणीय अग्रज हरु स्थानीय बासिहरु  खुसीको भाब देखाउनु भएको थियो ।

पोखराका पर्यटन व्यवसायी हरुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल मा  नियमित अन्तर्राष्ट्रिय उडान र अवतरण हुने विश्वास गरेका छन् । यही विश्वासमा पोखराका पर्यटन व्यवसायीले अन्तर्राष्ट्रिय विमान बन्नु अघि र पछि पनि पोखरा पर्यटकीय पूर्वाधार मा लगानी बढाइरहेको देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्: