Worldlink Communications

नेकपा ब्युँताउने र बामपंथी एकताको कुरागर्नु ‘काशी जानु कुतीको वाटो’ भने झै हो- शंकर पोखरेल

असार १९, काठमाडौं

नेकपा एमाले का नेता शंकर पोखरेलले आफ्नो फेसबुक वालमा स्टाटस अपडेट गर्दै बिगतमा नेकपाको नेतृत्वको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार गठनगर्न राष्ट्रपति देखि सर्वोच्च अदालतसम्म धाउनेहरु यतिवेला नेकपा व्युताउने कुरा चलाईरहेका देख्दा दया लाग्छ भनि लेख्नु भएको छ।

आम चुनाववाट प्राप्त जनादेश अनुरुप नयाँ गठवन्धन सरकार बनाउदा भएको सहमति तोडेर नेपाली कांग्रेसलाईनै राष्ट्रपतिमा निर्वाचितगर्न विवश भएकाहरुनै वामपंथी एकताको कुरागर्न थालेको देख्दा आफुलाई अचम्म लागिरहेको लेख्नु भएको छ ।

नेपालको वामपंथी आन्दोलनको मुख्य शक्ति नेकपा(एमाले)का विरुद्धमा घेरावन्दी गर्नेहरुले नेकपा व्युताउने चर्चा चलाउनु वा वामपंथी एकताको कुरागर्नु ‘काशी जानु कुतीको वाटो’ भने झै हो । नेकपा(एमाले) यस्ता वेमौसमका अवसरवादी र अस्तित्व रक्षाका लागि गरिएका निरर्थक प्रलापभएको लेख्नुभएको छ  ।

अव नेपालकाे राजनीतिमा विचारका आधारमा राजनीतिक धु्विकरण आवश्यक छ । विकास र समृद्धिका लागि नीतिगत नेतृत्व सहितको बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्दछ । त्यसको लागि प्रमुख दलहरुलाई नीति, कार्यक्रम र योजना सहित सुदृढ गर्नु आवश्यक छ । तर त्यो असफल भइसकेको नेकपाको पुनस्थापना को वाटोवाट होइन, नयाँ र मौलिक तरिकाको राजनीतिक ध्रुविकरण को वाटोवाट मात्र सम्भव हुन्छ । तसर्थ अव नेताहरुको टाउका जोडेर होइन भविष्य भएका युवाहरुको मन जोडेर आन्दोलनलाई सुदृढगर्ने वाटोमा अघि वढ्न सक्नु पर्दछ भनि लेख्नुभएको छ ।

अहिले जस्तो जनमत गुमाएकाहरुले राज्यसत्ताको नेतृत्व गरिरहेको विकृत राजनीतिक अभ्यासलाई अन्त्यगर्नका लागि बलिया राजनीतिक दल र त्यसको जगमा राजनीतिक स्थायित्व कायम गर्नसक्ने बलियो राष्ट्रिय शक्ति निर्माणमा जुट्नुपर्ने हुन्छ । नेकपा(एमाले) त्यसका लागि वैचारिक, राजनीतिक, संगठनात्मक योजनाका साथै मनोवैज्ञानिकरुपमा नयाँ ढंगले अघि वढ्न प्रतिवद्ध छ भनि लेख्नुभएको छ ।

अव हरेकले महसुस गर्ने वेला भयो- विकास र समृद्धिका लागि गठवन्धन नामको अस्थिरता र अलमलको वाटोमा होइन, बलियो राष्ट्रिय शक्ति निर्माणको उज्यालो बाटो देशका लागि अपरिहार्य छ त्यो विकल्प नेकपा एमाले भएको घाम जस्तै छर्लङ्ग छ भनि आफ्नो फेसबुक वालमा स्टाटस अपडेट गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्: