Top Header Ad 1

प्रमुख प्रतिपक्ष दलको अवरोधका कारण राष्ट्रियसभा बैठक स्थगित

प्रमुख प्रतिपक्ष दलको अवरोधका कारण राष्ट्रियसभा बैठक स्थगित

परिबर्तन न्युज
२० असार २०८० बजे
परिबर्तन न्युज
२० असार २०८०

असार २०, काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह दिल्ली धाएको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठक अवरोध गरेका थिए ।

Advertisement:Ad

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण राष्ट्रियसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।आज अपराह्न २ः३१ मा बैठक प्रारम्भ हुनेबित्तिकै एमाले सांसदहरू ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह दिल्ली धाएको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठक अवरोध गरेका थिए ।

नेकपा एमाले सांसदको अवरोधपछि बैठक अपराह्न ३ः०१ मा बस्ने गरी स्थगित भएको थियो । निर्धारित समयमा बैठक बस्न नसकेपछि सङ्घीय संसद् सचिवालयले पुनः ४ः४६ मा बैठक बस्ने सूचना जारी गरेको थियो ।

भनेको समयमा बैठक बस्न नसकेपछि राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना ले बिहीबार दिउँसो १ः०१ बस्ने सुचना टास गरेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज