Worldlink Communications

माओवादी आन्दोलनकी अभिभावक आदरणीय सिता आमाको निधन

असार २७, काठमाडौँ

माओवादी आन्दोलनको एक अविभावक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जिवनसंगिनि एवम उहाको उर्जाशील सहयात्री हामी सबैको आमा आदरणीय सिता दाहालको असामयीक निधनले हामी सबैलाई मर्माहत तुल्याएको छ ।

बुधबार बिहान ८:३३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको ६९ वर्षीया दाहालको पशुपति आर्यघाटमा दिउँसो २ बजे दाहसंस्कार गरिने प्रचण्डको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिनेछ बताइएको छ।

यस शोकपूर्ण घडिमा आमाप्रति हार्दिक श्रध्दाञ्जली व्यक्त गर्दै शोकसन्तप्त आदरणीय अध्यक्ष एवं सम्पूर्ण परिवार एवं आफन्तजन हरु प्रति परिवर्तन न्यूज डटकम परिवार गहिरो समवेदना व्यक्त गर्दछौ ।

प्रतिक्रिया दिनुहोस्: