Worldlink Communications

वातावरण संरक्षण तथा सरसफाइ पहिलो प्राथमिकता- वडाध्यक्ष राममोहन आचार्य

साउन १ पोखरा

पोखरा महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष राम मोहन आचार्य ले वातावरण संरक्षण तथा सरसफाइ आफ्नो पहिलो प्राथमिकतामा रहेको  बताउनुभएको छ ।

राम मोहन आचार्यले वडा भित्र प्राकृतिक सम्पदा संरक्षण तथा वातावरण जोगाउन वडाले सक्दो प्रयास गरिरहेको बताउनुभयो ।अहिले वडा भित्रका २७ चौतारी पुन निर्माण गरि रुख नभएका चौतारीमा वरपिपल समि जस्ता धार्मिक महत्त्व तथा बढी अक्सिजन दिने खालका बिरुवा रोपेको बताउनुभएको छ।

आ.व ७९/८० मा झण्डै एक करोड रुपैया खर्च गरेको जनाएको छ । मासबारमा रहेका चौतारीमा वर पिपल समि थियो भने थप बुटिक चौतारी निर्माणगरि चौतारामा आँप र डुम्रीको बिरुवारोपि पन्चपल्लव ( पाँच फरक वृक्ष) चौताराको निर्माण सम्पन्न गरेको छ ।पन्चपल्लव हिन्दु परम्परा अनुसार विभिन्न कार्यमा प्रयोग हुने गर्दछ ।

वडाध्यक्षले गरेको वातावरण संरक्षणको कार्यलाई नागरिक समाजका अध्यक्ष राम बहादुर पौडेललेले प्रशंसा गर्नुभएको थियो ।पहिलेका जनप्रतिनिधिले चौतारी हटाउन प्रयास गरेको र पछिल्लो समय नागरिक समाजले दिएको सल्लाह सुझावलाई मनन गरि अहिलेका जनप्रतिनिधिले प्राकृतिक सम्पदा र वातावरणको संरक्षण मा महत्त्वपूर्ण कदम चालेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्: