Worldlink Communications

लायन्स क्लव अफ पोखरा कालिकाले भ्यू टाउनको बृक्षारोपण

साउन ६, पोखरा

लायन्स अन्तरास्ट्रीय ३२५ एम अन्तर्गतको लायन्स क्लव अफ पोखरा कालिका भ्यू टाउनको बृक्षारोपण एव मन्दीर परीसर सरसफाइ, गोडमेल एव डस्विन हस्तान्तरण कार्यक्रम पोखरा महानगरपालिका वडा न २७ मा अवस्थित शिद्दस्थान जय गुरुदेव मन्दीर एव आश्रममा सम्पन्न भएको थियो।

सस्था का अध्यक्ष दिनेश बाबू खड्काको अध्यक्षतामा भएको कार्यक्रम लायन्स अन्तराष्ट्रीय ३२५ एमका बृक्षारोपण बिभाग प्रमुख लक्ष्मण तिमिल्सिनाको प्रमुख आतिथ्यता एव रिजन चियर पर्सन कोपिला श्रीस, जोन चियर पर्सन शुक्रराज अधिकारी, पुर्व अध्यक्ष नारायण अधिकारी, पोषण मणि त्रिपाठी, आश्रमका गुरु डोलराज गौतम, गुरुजी शिव लामिछाने, लायन्स क्लव अफ पोखरा डेस्टिनेसनका उपाध्यक्ष खेमराज तिमिल्सिना सहितको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

सेवाको काममा क्लवले डिस्ट्रीक्टको आव्हान अनुसार वृक्षारोपण गरी मन्दीर परिसरमा विरुवा हुर्काउने एवं सम्रक्षणको जिम्मा लिएकोमा खुसी व्यक्त गर्नुभएको थियो

कार्यक्रममा आश्रम परिसरमा डस्बिन राख्नुको साथै रुद्राक्ष, तेजपत्ता, अमला, बेल सहितका ६० वटा बिरुवा सार्नुको साथै क्लवले अघिल्लो वर्ष सारीएका बिरुवामा मल राखी गोडमेल गरीएको क्लवका प्रथम उपाध्यक्ष इश्वर अधिकारीले जानकारी दिनुभएको थियो ।

कार्यक्रम पश्चात् आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी तिमिल्सिनाले लायन्सका कार्यक्रम फोटोका लागि नभइ समाजमा देखिने खालका हुनु पर्ने जोड दिदैरिजन चियर पर्सन कोपिला श्रीसले क्लवले वृक्षारोपणको लागि चयन गरेको स्थान ठिक रहेको औल्याउदै यी बिरुवा हुर्काउनको लागि बेलाबेलामा गोडमेल गर्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रमको सन्चालन क्लवका सचिव राम उपाध्यायले गर्नुभएको थियो भने स्वागत शुक्रराज अधिकारीले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: