Worldlink Communications

गण्डकी प्रज्ञा प्रतिष्ठानद्वारा अन्तरक्रिया कार्यक्रमको आयोजना

साउन ७, पोखरा

गण्डकी प्रज्ञा प्रतिष्ठानले साउन १३ गते शनिबार आयोजना हुने अन्तरक्रिया कार्यक्रममा गण्डकी सहित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल प्रज्ञा प्रतिष्ठान, मधेश प्रज्ञा प्रतिष्ठान र सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठानको सहभागीता रहने बताएको छ।

गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने यो कार्यक्रममा सबै प्रतिष्ठानले कार्यपत्र प्रस्तुत गर्ने आयोजक प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । प्रतिष्ठानका बिचमा अनुभव आदानप्रदान तथा सम्बन्ध बिस्तार गर्ने उद्धेश्यले यो कार्यक्रमको आयोजना गर्न लागिएको उनले खुलाए । अन्तरक्रिया कार्यक्रम सहित अन्य विभिन्न छलफल तथा भेटघाट कार्यक्रम समेत हुने उनको भनाई छ । ‘यो साउन १२, १३ र १४ गते हुने तीन दिने कार्यक्रम हो, मुख्य कार्यक्रम १३ गते शनिबार हुनेछ, सो कार्यक्रम मार्फत एउटा निष्कर्षमा पुग्ने प्रयास गर्छौ’ उहाँले भन्नुभयो।

कार्यक्रममा प्रतिष्ठानका कुलपति, उपकुलपति र सदस्य सचिवले सहभागीता जनाउनेछन् । केही कार्यक्रम प्रतिष्ठानहरुबिच सहकार्य गरेर गर्दा प्रभावकारी हुने भएकोले सहकार्यको वातावरण समेत यो कार्यक्रमबाट बन्ने उहाको विश्वास रहेको बताउनुभयो ।

यसैगरी स्वामी विवेकानन्द कल्चरल सेन्टर काठमाण्डौं तथा गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा दूई दिने फोटो प्रर्दशनी कार्यक्रम समेत हुने भएको छ । यो प्रर्दशनी पोखरा सभागृहमा साउन १० र ११ गते हुने भएको हो । यी दुई कार्यक्रमलाई भव्य बनाउन तयारीमा तिव्रता दिइएको गण्डकी प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्: