Worldlink Communications

नेकपा एमाले गण्डकी प्रदेशको प्रशिक्षक प्रशिक्षण कास्कीको लुम्लेमा  

साउन १०, पोखरा

नेकपा एमाले गण्डकी प्रदेशको प्रशिक्षक प्रशिक्षण कार्यक्रम कास्कीको लुम्लेमा आजबाट शुरु भएको छ। प्रशिक्षण कार्यक्रम पार्टीका उपमहासचिव एवं केन्द्रीय स्कुल विभाग प्रदिप ज्ञवालीले उद्घाटन गर्नुभएको थियो।

नेकपा एमाले गण्डकी प्रदेश कमिटीले कास्कीको अन्नपूर्ण गाउँपालिका को लुम्लेमा आयोजना गरेको गण्डकी स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै ज्ञवालीले समृद्धिको अभियान बोक्ने पार्टी एमाले भएको दाबी गरे । समृद्धिको अभियान बोक्ने पार्टी बनाउन र एमालेको विचारलाई जनतासम्म पुर्याउनको लागि यो प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताउनुभएको थियो।

‘पार्टीको भौतिक उपस्थिति डिभाइस हो भने पार्टीको विचार सफ्टवेयर हो,‘उनले भने,‘ समय अनुसार अपडेट हुन सकिएन भने आउटडेटेड भइन्छ, नेता कार्यकर्तालाई अपडेट गराउन यस्ता प्रशिक्षण आवश्यक पर्दछ ।’ ज्ञवालीले कुनै नयाँ नाम गरेको पार्टी खुल्दैमा नयाँ नहुने पार्टी भनेको त नवीनतम् विचार र सिद्धान्तले पार्टी नयाँ हुनु पर्दछ भन्नुभयो ।

अहिलेको गठबन्धन सरकार उद्देश्यविहीन रहेको बताउनुभएको थियो । ‘विचार विहीन गठबन्धनमा न माओवादी, माओवादी जस्तो देखिन्छ न नेपाली कांग्रेस, कांग्रेस जस्तै देखिन्छ, यो सरकारबाट समृद्धि सम्भव छैन ।’ सत्ताको लागि मात्र गरिएको गठबन्धनले जनताको इच्छा र चाहना पूरा गरेर देशलाई समृद्ध बनाउन नसक्ने  बताउनुभयो ।

आज बुधबार मार्क्सवादी – लेनिनवादी विश्व दृष्टिकोण र जबजको विकासक्रम बिषयमा प्रदिप ज्ञवाली,पार्टी संगठन निर्माण, सन्चालन र व्यवस्थापन बिषयमा खगराज अधिकारी, राजनीति दलहरुको तुलनात्मक अध्ययन बिषयमा इश्वरी रिजाल,नेपालको संक्षिप्त इतिहास तथा नेपाली समाजको चरित्र र विकासक्रम बिषयमा प्रा.डा. विश्वकल्याण पराजुलीले प्रशिक्षण दिनु भएको थियो।

गण्डकी स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा एक निर्वाचन क्षेत्रबाट एक जना र जिल्ला कमिटीबाट एक जना गरी ४७ जनाको सहभागिता रहेको छ । तीन दिनसम्म चल्ने प्रशिक्षणमा एमालेका नेताहरु प्रदीप ज्ञवालीसहित मायानाथ अधिकारी, नवराज शर्मा, राधाकृष्ण लामिछाने लगायतले गरी १० वटा विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको नेकपा एमाले गण्डकी प्रदेश कमिटीका प्रचार तथा प्रकाशन बिभाग प्रमुख एबम उप सचिब रश्मि आचार्यले जानकारी दिनुभएको हो।

प्रतिक्रिया दिनुहोस्: