Worldlink Communications

नेवाः खलः कास्कीको अधिबेशनबाट सर्वसम्मत अध्यक्ष-अशोक पालिखे

साउन २७, पोखरा

नेवाः खलः कास्कीको आज भएको अधिबेशनबाट सर्वसम्मत रुपमा अध्यक्ष पदमा पुनः अशोक पालिखे चयन हुनुभएको थियो।

का मु मुख्य न्यायाधीश रमेश राजभण्डारीको प्रमुख प्रमुख आथित्यता मा आज पोखरा महानगरपालिका वडा नं ३ मा रहेको नेवाः छे भवनमा आयोजना गरिएको अधिवेशनबाट अध्यक्षमा पालिखेसहित सम्पूर्ण पदाधिकारी सर्वसम्मत हुनुभएको हो भने  सल्लाहकार तथा आमन्त्रित सदस्यहरु पनि सर्वसम्मत रुपमा मनोनित गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै उच्च अदालत पोखराका कामु न्यायाधिश रमेश राजभण्डारीले आफ्नो धर्म संस्कृति कला र भाषाको लागि सबै अआफ्नो स्थानबाट निरन्तर लागिरहनु पर्ने बताउनुभयो।

नेवाा:खल: को नवनिर्वाचित समितिमा वरिष्ठ उपाध्यक्षमा तीर्थ श्रेष्ठ, अर्का उपाध्यक्षमा प्रकाशलाल श्रेष्ठ, महासचिवमा श्रीकृष्ण कतिला, उपमहासचिवमा भैरवलाल श्रेष्ठ र कोषाध्यक्षमा चन्द्र बहादुर राजभण्ढारी चयन हुनुभएको निर्वाचन मण्डलका संयोजक तीर्थ श्रेष्ठले बताउनुभएको थियो ।

खुला सत्र सकिए पछि बन्दसत्रले नवनिर्वाचित अध्यक्षलाई सदस्य तथा आमन्त्रित सदस्यहरु चयनको जिम्मेवारी दिएपछि उहाहरुलाइ कलस्टर अनुसार चयन गरिएको थियो ।

सदस्यहरु मा पदेन सदस्य तर्फ संगीता बज्राचार्य, विनित जोजिजु, कृष्ण बहादुर श्रेष्ठ, शुसिल गोशली र गोपाल बाटाजु चयन हुनुभएको  छ भने संस्थागत तर्फबाट सन्तोष श्रेष्ठ, हर्कमान शाही र श्रवणलाल जोशी चयन हुनुभएको थियो।

परिषदतर्फबाट सदस्यमा शान्त कुमार श्रेष्ठ र शुरेन्द्र श्रेष्ठ चयन हुनुभएको र अध्यक्ष को तर्मनोनित हुनुभएका सदस्यहरुमा रजनी श्रेष्ठ, विक्रम उदास, शान्त कुमार श्रेष्ठ, रिशव तिमिला र लील बहादुर श्रेष्ठ रहेका निर्वाचन मण्डलका सदस्य आनन्द श्रेष्ठले जानकारी दिनुभएको थियो।

आज बनेको कमिटिको कार्यकाल ३ वर्षको रहने छ । कार्यकालका लागि कमिटिमा रहेर काम गर्न इच्छुक विभिन्न क्षेत्रबाट आमन्त्रित सदस्यहरु पनि चयन गरिएको अध्यक्ष पालिखेले बताउनुभयो ।

आमन्त्रित सदस्यहरुमा विश्व बिजुक्छे, हरिप्रसाद श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, नन्दलाल श्रेष्ठ, सुविन्द्र श्रेष्ठ, विमल श्रेष्ठ, रोहित बाटाजु, ईश्वर कर्माचार्य, नारायण श्रेष्ठ, थमनारायण श्रेष्ठ, शुद्धव श्रेष्ठ, जयराम श्रेष्ठ, उदय बहादुर अमात्य, अर्जुन ताम्राकार, नर बहादुर श्रेष्ठ, अञ्जु बाटाजु, रत्नदेवी श्रेष्ठ लगायता रहनुभएको छ ।

निर्वाचित भइसकेपछि पालिखेले पोखराको पर्यटनको लागि अब ताल र हिमालमात्रै देखाएर हुदैन यहाँ भएका संग्रहालय पनि पर्यटन को गन्तव्य बनाउनु पर्छ भन्ने आफ्नो मान्यता रहेको बताउनुभएको थियो।

कार्यक्रममा महासचिव सुरेन्द्र श्रेष्ठ तथा कोषाध्यक्ष चन्द्र बहादुर राजभण्डारीले प्रस्तुत गरेको प्रतिवेदन पारित गरिएको थियो ।अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको सो कार्यक्रम महासचिव सुेन्द्र श्रेष्ठले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: