Worldlink Communications

बिदेशी हस्तक्षेपका विरुद्ध वाम एकता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

साउन २७, पोखरा

आज वसन्धरी गिरीको १४ औं स्मृति दिवस को सन्दर्भ पारेर सहद गिरि-बसन्धरी स्मृति ट्रस्ट कास्की पोखरा र सांस्कृतिक रुपान्तरण अभियान नेपाल पोखरा कास्कीको आयोजनामा  “बिदेशी हस्तक्षेप का विरुद्ध वामएकता विषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न गरेको छ ।

वसन्धरी ट्रस्टका अध्यक्ष पूर्ण गिरीको अध्यक्षतामा भएको कार्यक्रम मा सस्थाका सदस्य परशुराम कोइरालाले सस्थको अवधारणा पत्र बाचन गर्नुभएको थियोभने कास्की पोखरामा संगठित विभिन्न कम्युनिस्ट पार्टीका पुराना नेताहरू को उपस्थितिमा भएको अन्तरक्रिया कार्यक्रम संस्थाका सदस्य भीमबहादुर रानाभाटले सञ्चालन गर्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा विभिन्न नेताहरुले नेपालका कम्युनिस्टहरु वास्तविक रुपमा कम्युनिष्ट हुन नसकेको बताउनु भएको थियो। कम्युनिस्ट आन्दोलनका धरोहर व्यक्तित्वहरुले नेपालका कम्युनिष्ट हरु नमिल्दा जनताले दुःख पाएको कुनै न कुनै बहानामा सरकार बनेपनि केही राहत पुर्ण कार्यक्रम ल्याउन नसकेको बताउनुभएको थियो।

पटक पटक कम्युनिष्ट पार्टी सत्तामा गएको भएपनि कम्युनिष्ट पार्टी को व्यवहार गर्न नसकेको ,नमुना कै रुपमा भएपनि कुनै एक क्षेत्र लाई नमुना को रुपमा सरकारले नेकपाको सरकार आएमा यस्तो सम्म गर्न सकिन्छ भन्ने अनुभूति बिस्वास दिलाउन नसकेको, नयाँ कार्यक्रम ल्याउन नसकेको बताउनुभएको थियो।

वामपन्थी एकता गर्न नेताहरूले कसैले पनि नसकेको बरु हरेक पार्टीका केन्द्रिय २०/२५ जना नेताहरु हरुले आफ्नो जुंगाको तजुर्बा देखाउदै तल्ला स्तरका नेता कार्यकर्ता र जनतालाई बेवास्ता गर्दै खान पाइन्न कि भन्ने पिरले धमिलो पानीमा माछा मार्ने प्रवृत्तिलाई निरन्तरता दिई रहँदा नेपालका कम्युनिस्टहरु एक हुन नसकेको बताउनुभएको थियो।

मार्क्सवादी कम्युनिस्ट भनेको परिवर्तन हो ,नयाँ सिर्जना हो, विकास हो, अन्तर्राष्ट्रिय जाति हो, गरिबको सुखदुःखको पार्टी हो भनेर यहाँसम्म आइपुग्दा नेपालका जनता कम्युनिस्ट पार्टीलाई विश्वास गरेकोगरेइ छन त्यसैले नेपाल भनेको हो नेपाल कम्युनिस्ट पार्टीहरू को उर्वरभूमि हो। यस्तो हुँदाहुँदै पनि नेपालका कम्युनिष्टहरुले केही गर्न नसकेको बताउनुभएको थियो।

अन्तरक्रियामा भागलिने हरुमा क्रमशः शारदा सुवेदी स्थाइ कमिटी सदस्य नेकपा समाजवादी, मित्र कुमारी सुवेदी नेकपा एमाले केन्द्रीय सदस्य, झलकपाणि तिवारी लेखा समिति सदस्य नेकपा-माओवादी, केशबहादुर परियार केन्द्रीय सचिवालय हुनुहुन्छ।

सदस्यहरुमा नेकपा क्रान्तिकारी, बिक्रम थापा सेक्रेटरी  नेकपा मसाल ,काजी सिह नेकपा बिप्लब सन्त बहादुर घिसिङ त्रिमूल नेपाल पार्टीका केन्द्रीय सदस्य , त्यस्तैगरी वैज्ञानिक समाजवादीका यस्तैगरी समाजवादी वैज्ञानिक समाजवादीका क्रिष्ण जैसि आहुतिले अन्तरक्रिया कार्यक्रममा आफ्नो विचार राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: