Worldlink Communications

कागबेनीमा रहेका दुई वटा बैंक डुबानमा परेर हराएको रकम भेटियो

भदौ ३ गण्डकी

साउन २८ गते साँझ आएको अविरल वर्षाका कारण आएको बाढीले कागबेनीमा रहेको दुई वटा बैंक डुबानमा परेर बैंकबाट हराएको करिब १ करोड ७० लाख रकम भेटिएको छ।

अबिरल वर्षाले आएको बाढीका कारण लेदोमा पुरिएर रहेको पैसा राख्ने लकरबक्स प्रहरीले भेट्टाएको छ । कागबेनीमा संञ्चालनमा रहेको प्रभु बैंक शाखाको ६५ लाख नगद मौज्याद शुक्रबार भेटिएको थियो भने आईतबार दिउँसो २ बजे अर्को नेपाल ईन्भेष्टमेण्ड मेगा बैंक (एनआईएमबी) को नगद मौज्याद रहेको १ करोड ५ लाख भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक मिलन बहादुर वि कले जानकारी दिनुभएको हो ।

सो बाढीका कारण कागबेनीमा रहेका बैंक तथा वित्तीय संस्था रहेका करिब तिन दर्जन घरहरु पूर्ण क्षति भएको थियो भने करिब एक दर्जन घरहरु आशिंक क्षति भएको थियो भने मानविय हताहती भए पनि क्षति भने नभएको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्: