Worldlink Communications

पोखरा महानगरपालिका वडा नं.२५ ले अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ

भदौं ३, पोखरा

पोखरा महानगरपालिका वडा नं. २५ को कार्यालयले गएको वर्ष मा गरेका मुख्य उपलब्धीहरु को पत्रकार हरुको बिचमा सार्वजनिक गरेको र  चालु आ व का कार्ययोजना लक्षित अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

गत वर्ष पुँजीगततर्फ ९७ र चालुतर्फ ९८ प्रतिशत रकम खर्च भएको जानकारी दिर्दै वडावासीको सहयोगमा वडा चलाएमान् हँदै आएको स्पष्ट पार्नुभएको थियो ।वडाध्यक्ष तिम्सिनाले सामुदायिक विद्यालय सुधार योजना निर्माण गरी विद्यालय वस खरिद सुरु गरिएको, स्वास्थ्य चौकीलाई शहरी स्वास्थ्य चौकीमा स्तरउन्नतीका लागि पूर्वाधार निर्माणको काम अगाडि बढेको, गरिव विपन्न वडावासीको निःशुल्क स्वास्थ्य विमा गरिएको, कृषकलाई अनुदानमा बीऊ ,विजन वितरण गरेको लगायतलाई १ वर्षे उपलब्धी भएको बताउनुभएको थियो ।

गन्डकी प्रदेस कै नमुनाको रुपमा वडा न.२५ को कार्यालयमा दुग्ध प्रशोधन केन्द्र निर्माणको प्रारम्भिक कार्य अगाडि बढेको, ३३ वटै टोल विकास संस्थालाई पुनःगठन मार्फत सक्रिय पारिएको, सुईखेत डुवान नियन्त्रणका लागि कार्य गरिएको , चौरासी नहरको मर्मत गरिएको, सार्वजनिक जग्गाको संरक्षण थालेको लगायतलाई पनि आफ्नो १ वर्षे उपलब्धीका रुपमा समेटेको बताउनुभएको थियो ।

वडाध्यक्ष तिम्सिनाले उज्यालो वडा निर्माणका लागि मिलनचोकमा हाईमास्टको बिधुत जडान गरिएको , वडाका ६८ वटा चोकचोकमा सडकको नामाकरण गरि सूचना पार्टी टासिएको लगायतलाई पनि उपलब्धी मानेका छन्।

सुवोध खनालले गत आवमा वडामा कुल ७ सय ५० मिटर सडक पिच , १ हजार ४ सय २० मिटर सडक ढलान, करिव ४ किलोमिटर सडक स्तरउन्नती गरिएको जानकारी दिर्दै वडाले कृषि प्रयोजनका लागि निःशुल्क सिफारिस उपलक्ध गराउने गरेको बताए ।उनले नागरिक सहायता कक्ष मार्फत वडामा विचौलियाँलाई निरुत्साहित गर्दै हिडेको।

बडा न २५ को कार्यालयले चालु आवका कार्ययोजना लक्षित गरी उद्योगी व्यवसायी, युवा क्लव, कृषक साथै बैक तथा वित्तिय संस्थाका प्रतिनिधीसँग पनि छलफल गर्ने कुरा गर्दै अगाडि बढ्ने बताउनु भएको थियो।

प्रतिक्रिया दिनुहोस्: