Worldlink Communications

दोलखा पोखरा मिलन समाजको अध्यक्षमा धनबहादुर खड्का

भदौ ११ ,पोखरा

दोलखाबाट पोखरामा आएर बसोबास गरेका दोलखालीहरूको संस्था दोलखा पोखरा मिलन समाजको ११ औं अधिवेशन तथा २२ औं वार्षीक साधारण सभा सम्पन्न भएको छ ।

अधिबेशन ले धनबहादुर खड्का (भरत) को अध्यक्षतामा ९ सदस्यीय नया कार्यसमितिको समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा रमादेबी खड्का,सचिबमा कमल बहादुर बस्नेत, कोषाध्यक्ष मा दाछिरी शेर्पा सदस्यहरूमा,रविचन्द्र श्रेष्ठ ,सरिता के.सी.,गीता श्रेष्ठ,रामजी भण्डारी,र रोजिना श्रेष्ठ रहनुभएको छ ।

संस्थाका संस्थापक अध्यक्ष यादब बस्नेतले कार्यक्रमको उद्घाटनका गर्नुभएको थियो ।अध्यक्ष नारायण कृष्ण श्रेष्ठको अध्यक्षता मा भएको कार्यक्रममा इन्सेक गण्डकी प्रमुख शिब खकुरेल ,समाजसेबी पदम ढकाल , कोषाध्यक्ष खुस बहादुर खड्का , सचिब कमल बस्नेत लगायतले  मन्त्तव्य राख्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: