Worldlink Communications

नजिकिदै गरेको तिजमा महिनादिन अघि देखि खर्चिलो तडकभडक गर्न नपाइने

भदौ १२,पोखरा

नजिकिँदै गरेका चाडपर्वहरु जस्तै तीजमा तडकभडक नगर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुरोध गरेको छ ।

हिन्दु महिलाको पर्व हरितालिका तीज यो वर्ष असोज १ गते परेको छ । तीज आउनु एक, डेढ महिनाअघि नै दरका नाममा भोजभतेर हुनथालिसकेका छन् ।  बास्तवमा हरितालिका तीज व्रतको अघिल्लो दिन दर खाने चलन छ । एक दिन घर, माइतमा पुगेर खाइने मिष्ठान् भोजनलाइ भोजनको नाममा महिनाभरि भोज गर्नु भनेको अनावश्यक तडकभडक नै हो अनुचित र  विकृति , विसंगति नै हो यस्लाई रोक्न  पर्छ भन्नुहुन्छ नारी जागरण अभियान गण्डकी को संयोजक अञ्जु केसी  ।

अभियानको टोलीले हिजो सोमबार प्रमुख जिल्ला अधिकारीलाई भेटेर तीज लक्षित भड्किला कार्यक्रम रोक्न पहल गर्नुपर्ने साथै सार्वजनिक स्थल, पार्टी प्यालेसमा तीजको नाममा रकम सङ्कलन गर्ने उद्देश्यले मेला, महोत्सव गर्नसमेत प्रशासनले रोक लगाउनु पर्छ भन्दै सुझाव दिएको थियो ।

कास्की जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गर्दै तीजमा आफ्नो परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा सम्बर्द्धन गर्ने नाममा अनावश्यक तडकभडक र खर्चिला तथा भड्किला कार्यक्रम नगर्न अनुरोध गरेको छ ।

चाडपर्व मनाउने नाममा केही वर्षयता हरितालिका तीज मनाउने नाममा विभिन्न तडकभडकसहितका अत्यन्त खर्चिला कार्यक्रम गर्नाले र समाजमा विभिन्न विकृति र विसङ्गतिले गर्दा समाजमा सामाजिक अपराध लाई प्रोत्साहन पुगेको सूचनामा उल्लेख्य मात्रामा आइरहेको हुनाले यसलाई निरुत्साहित गर्न सबै पक्ष लाग्न पनि अनुरोध गरेको छ ।

यदि कार्यक्रम गर्नै पर्ने भएमा प्रशासनको पूर्वस्वीकृति लिइ गर्नुपर्ने बताइएको छ भने अनावश्यक तडकभडक गर्नको लागि सार्वजनिक स्थल, पार्टी प्यालेसमा रकम संकलन गर्ने उद्देश्यले मेला, महोत्सव आयोजना नगर्नसमेत अनुरोध गरेको छ ।

कुनै पनि बहानामा कसैले सूचनाविपरीत  तडकभडक हुनेगरी कार्यक्रम गरे गराएमा प्रचलित कानूनबमोजिम कारबाही हुने कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेद्वारा हस्ताक्षरित सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: