Worldlink Communications

नेपाल रेडक्रस सोसाइटी पोखरा -१९ लामाचौर उपशाखाले स्मारिका प्रकाशन गर्दै

भदौ १८ ,पोखरा

“मन वचन र कर्मले सेवा गर्छु ” भन्ने विश्वव्यापी नारालाई आत्मसात गर्दै नेपाल रेडक्रस सोसाइटी पोखरा -१९ लामाचौर उपशाखाले आफ्नो कार्यक्रमलाई आगामी दिनहरुमा  थप व्यवस्थित र प्रभावकारी रुपमा अगाडि बढाउने योजना अनुसार स्मारिका प्रकाशन गर्न लागेको हामीलाई बताएको छ |

परिबर्तित समय अनुसार आवश्यकतालाई थप परिस्कृत बनाउदै  विगतका सहयोगी हातहरूलाई सम्मान गर्दै थप स्रोत र साधनको व्यवस्थापन गरे पोखरामहनगर मा नै उत्कृष्ट वार्ड  बनाउन को लागि यस क्षेत्रका सम्पूर्ण सामाजिक व्यक्ति संस्था र को सहयोगको अपेक्षा गर्दै  नेपाल रेडक्रस सोसाइटी पोखरा -१९ उपशाखाले आफ्नो आर्थिक क्षमतालाई थप सवल ब्र प्रभावकारी बनाउनको लागि दैविक शक्ति लगायतका प्राकृतिक प्रकोपको समयमा परेकाहरुका लागी छिटोछरितो  सेवा प्रवाह गर्ने उद्देश्यका साथ सम्पूर्ण सामाजिक व्यक्तित्व र संघसंस्थाको सहकार्यलाई निरन्तरता दिने उद्देश्यले सम्पूर्ण सामाजिक भावनामा समर्पित व्यक्तिहरूको सहयोगमा विपत्त व्यवस्थापन राहत कोष  निर्माण गर्ने अभियानमा पोखरा -१९ उपशाखा लागिपरेको सस्थाका अध्यक्ष नवराज पौडेल जानकारी दिनुभयो |

पोखरा महानगरपालिकाको वडा भएर पनि भौगोलिक दृष्टिकोणले ग्रामीण क्षेत्रमा रहेको बस्ती भएकोले यस क्षेत्रमा आइपर्ने सम्भावित दैविक शक्ति लगायतका प्राकृतिक प्रकोपको समयमा परेकाहरुका लागी छिटोछरितो  सेवा प्रवाह गर्ने बिषयलाइ मुख्य केन्द्रविन्दु मानेर आफ्नै स्थानीयलाई आवश्यकतानुसार रेडक्रस सोसाइटी पोखरा -१९ उपशाखाले आफ्नो आर्थिक क्षमतालाई थप सवल र प्रभावकारीसेवा प्रदान गर्न सक्षम बनाइ स्थापित गर्नु वर्तमान को मुख्य उद्देश्य रहेको जानकारी दिनुभयो |

साविक पुरन्चौर गाबिस को भबन बाट आफ्नो सेवा प्रबहा गर्दै आएको यस उपसाखाले यस बर्स  सामाजिक व्यक्तित्व हरु आजीवन सदस्य रहनुभएका सदस्यकाे तुलनात्मक रुपमा विशिष्ट सदस्य १५ जना विशिष्ट सदस्य दुईजना यश्स्कर सदस्य संख्या बिस्तार गर्ने उद्देस्य राखेको बताउनु भयको छ |

सेवामूलक कार्य गर्नको लागि मानवीय स्रोत साधनको परिचालन रआर्थिक स्रोत परिचालन ले पनि महत्वपूर्ण भूमिका खेल्नु  भएको हुनाले यस उपशाखा को आर्थिक सहायता कोषमा रकम राखी योगदान पुर्याउने योगदानदाताको उच्च कदर स्मारिका मार्फत कदर गरिने योजना रहेको हुदा यो सुभकार्यमा अधिकतम चन्दादाता को मन खुल्ने बिस्वास गरिएकोबाट अर्थ सयोजक सबिन जी सी ले बताउनु भयो |

प्रकासोंमुख  स्मारिका मा सम्पूर्ण साधारण सदस्यहरु साथसाथै सहयोग गर्नुहुने सबैको नाम यस दैविक विपत व्यवस्थापन राहत कोषमा समावेश गर्ने भएकोले पोखरा-१९  उपशाखाको यो ऐतिहासिक सेवामूलक अभियानमा सम्पूर्ण सामाजिक व्यक्तित्वहरु सम्मानित् तरिकाले उपस्थित हुनुहुनेछ कोषाध्यक्ष कोमल प्रसाद बास्तोला ले बताउनु भयो |

नेपाल रेडक्रस सोसाइटीको विधान २०२०  संशोधन गरे अनुसार सदस्यता शुल्क आजीवन सदस्य शुल्क १०२५/- विशिष्ट सदस्य शुल्क २५००/- यशस्कर सदस्य शुल्क १०००००/- यस वर्ष आजीवन सदस्यहरु ५० जना बिशिस्ट सदस्य २५ जना र यशस्कर सदस्य ५ जना थप्नको लागि प्रस्तावना गरेको स्मारिका प्रकाशन समिति क सुरेन्द्रमान सिह भण्डारीले  बताउनु भयो |

नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा न. १९ उप शाखाको कार्यसमितिमा सभापति- नवराज पौडेल, निवर्तमान सभापति- भरतराज आचार्य ,उपसभापति -पवित्र पौडेल, सचिव-होमनाथ आचार्य, उप सचिव -माधव प्रसाद गौतम, कोषाध्यक्ष-कोमल प्रसाद बास्तोला उपकोषाध्यक्ष- रबी मानसिंह भण्डारी, सदस्य- गोविन्द प्रसाद काफ्ले, दिबाकर बास्तोला, लक्ष्मी बास्तोला, कुमार राज बास्तोला, रमेश विकल र कल्पना सुनार हुन्छ|

यस्तैगरी स्मारिका प्रकाशन समितिमा नवराज पौडेल संरक्षकहुनु हुन्छ, प्रमुख सम्पादक गोविन्द प्रसाद काफ्ले हुनुहुन्छ सह सम्पादक जयराम  पौडेल सहसंयोजक सुरेन्द्रमान सिंह भण्डारी र  सदस्यहरुमा माधव प्रसाद गौतम,होमनाथ आचार्य ,कल्पना सुनार ,बासुदेब तिवारी  र पवित्रा पौडेल हुनुहुन्छ|

त्यस्तैगरी स्मारिका प्रकाशनको अर्थसमितिमा सबिन जी सी संयोजक हुनुहुन्छ भने  माधब प्रसाद गौतम सहसंयोजक सदस्यहरुमा जयराम पौडेल, निलकण्ठ आचार्य र अमृत आचार्य हुनुहुन्छ|

स्मारिका प्रकाशन विपद व्यवस्थापनमा राहात सेवा र सदस्यता वितरणसम्बन्धी त्यो प्रस्तावना पत्र पनि तयार गरिएको  र  यसबाट उठेको रकम विपद व्यवस्थापन मा नै  खर्च गरिने भएको हुनाले सबैले ठुलो मन गरेर सहयोग गर्नुहुनेछ भन्ने आशा सहित यो स्मारिका प्रकाशनले  समाज रहेर सामाजिक काम गर्रेदै आउनु भएका र रेडक्रस सोसाइटीमा आबद्ग भइ सहयोगीको भूमिका खेलिरहनु भएका आदरणीय व्यक्तित्वहरूले साम दाम सबै किसिमले सहयोग गर्ने  र नया  केहि गरौ भन्ने भावना बोकेका व्यक्तित्वहरुलाई केहि गर्नुपर्छ आज नगरे कहिले गर्न्ने भन्ने जोस जागर उमङग दिलाउन पत्रकारिताले महत्वपुर्ण भूमिका खल्ने भएको हुदा यस कार्यक्रम लाइ  भब्य र सभ्य तरिकाले प्रचारप्रसारगरि सम्पन्न गराउन महत्वपुर्ण भूमिकाको आश गरेको शोसाईटी अध्यक्ष नवराज पौडेलले वताउनुभयो|

प्रतिक्रिया दिनुहोस्: