जिल्ला प्रहरी कार्यालय, कास्कीद्वारा लागूऔषध अफिम सहित २ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय, कास्कीद्वारा लागूऔषध अफिम सहित २ जना पक्राउ

परिबर्तन न्युज
२६ भाद्र २०८० बजे
परिबर्तन न्युज
२६ भाद्र २०८०

भदौ २६, पोखरा

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वैदाम, रामबजार खटिएको संयुक्त प्रहरीबल को प्रयासले लागूऔषध अफिम सहित दुई जनालाई पक्राउ गरेको छ ।

Advertisement:Ad
Advertisement:Ad

हिजो २५ गते करिब १७:५० बजेको समयमा कास्की जिल्लाको पोखरा महानगरपालिका वडा न. १५ स्थित लागू औषध बिक्री बितरण भई रहेको भन्ने सुचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो शाखा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वैदाम, रामबजार समेतबाट खटिएको संयुक्त प्रहरी  हिडिरहेको अवस्थामा पक्राउ गरेको हो ।

जिल्ला कास्की पोखरा मा.न.पा १५ नागबेली मार्ग बस्ने बर्ष २५ को वाल आले र जिल हाल पोखरा म.न.पा. ७ घारीपाटन बस्ने बर्ष ३३ को अरुण तामाङको साथबाट र निजहरुको कोठाबाट डाईजपाम ३० एम्पुल र फेनरागन ३० एम्पुल गरी जम्मा ९० एम्पुल लागू औषध बरामद गरी सम्मानि अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको कास्की प्रहरी कार्यालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको हो ।

Advertisement:Ad
Advertisement:Ad

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज