Worldlink Communications

भोलि बिहिबार सरकारले सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाउने

भदौ २७, काठमाडौं

गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार सार्वजनिक बिदा हुने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको जानकारी दिएको छ ।

नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित रुपमा भएको निधनको शोकमा सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ भने राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

संविधानसभाका अध्यक्ष एवं वर्तमान प्रतिनिधिसभा सदस्य श्री सुवासचन्द्र नेम्वाङको निधनमा अन्तिम सम्मान शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने र उक्त दिन नेपालभरका सरकार कार्यालयहरु, विदेशस्थित नेपाली दुतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको ।

स्वर्गीय सुवास चन्द्र नेम्वाङको अन्तिम संस्कार यही मिति २०८० साल भर्दौ २८ गते बिहीबार हुने भएकाले उक्त दिन नेपालभरका सबै सरकारी कार्यालयहरु, विदेशस्थित नेपाली दुतावास र नियोगहरुमा सार्वजनिक विदा बिदा हुने गृहमन्त्रालयले विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्: