Worldlink Communications

ऐतिहासिक वाटुलेचौर तीज मेलाको तयारी पुरा

भदौ ३०,पोखरा

पोखरा महानगरपालिका वडा नं.१६ को मैदान वाटुलेचौरमा परापूर्व कालदेखि संचालनहुदै आएको ऐतिहासिक तीज मेलाको तयारी पुरा भएको जानकारी दिन पत्रकार भेटघाट कार्यक्रम गरेरको हो ।

नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा यही असोज १ गते हिमालय क्लवको आयोजनामा स्थानिय खेल मैदानमा हुन लागेको मेलाको जानकारी दिन पोखराको कालिका को हलमा पत्रकार सम्मेलन गरी संस्कृति प्रधान कार्यक्रमलाई प्रोत्साहन सहित संस्कृतिको जर्गेना तथा मेलाको निरन्तरताको लागी गर्न लागिएको सस्थाको सचिव शिब राज देवकोटा ले वताउँनुभयो ।

असोज १ गते हुने मेलाको उद्घाटन कार्यक्रम १७ वटा आमा समुहका अध्यक्षले संयुक्त रुपमा गर्ने र सोही दिन सामुदायिक विद्यालय तर्फ नेपालमै उत्कृष्ट पहिलो हुन सफल वाटुलेचौरको विन्ध्यवासिनी मा.विलाई सम्मान गरिने क्लवका निर्वतमान अध्यक्ष मोहन थापाले जानकारी दिनुभयो ।

उदघाटन का दिन चर्चित लोक दोहोरी गायक राजन कार्की र ज्योती लोहनीको प्रस्तुती रहने वताईएको छ ।पत्रकार सम्मेलनमा वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, मानार्थ सदस्य बेनि वहादुर वस्नेत लगायत ले तिज गित प्रतियोगिता लाइ भब्य र सभ्य बनाउन सधै लागि पर्ने बताउनुभएको थियो।

एतिहासिक राजा कुलमण्डन शाहकै पालादेखि वाटुलेचौर तीज गीतका लागी प्रख्यात रहेको पाईन्छ । त्यतिवेलै वाटुलेचौर, लामाचौर, भलाम, घार्मी, पुरुन्चौर, अर्मला लगायतका क्षेत्रका महिलाहरु सेती गंगा स्नान गर्न जाने र फर्किदा वाटुलेचौर मैदानमा वसेर तिज गीत गाउँदै नाचेर रमाईलो गर्ने गरेको आफ्ना पुर्वजले वताएको सचिव देवकोटाले जानकारी दिनुभयो । उनीहरु पानी पनि नखाई भोकै वसेर दिनभर नाँचगान गर्दथे ।सहभागी दिदि वहिनी लाई तत्कालिन राजा शाहले नाचँ गान गरे वापत १ मोहर दिने गरेको पनि पाईएको छ ।

बाटुलेचौर मेलाको ऐतिहासिक र साँस्कृतिक पक्षलाई वचाई राख्न पनि निरन्तरता दिईएको र आमन्त्रीत टोलीले परम्परागत रुपमा आ आफ्नो समुहमा वसेर गीत तथा नृत्य प्रस्तुत गर्ने वताईएको छ । १ दिन मात्र संचालन हुने मेलामा करिव ५ लाख खर्च लाग्ने क्लवले जनाएको थियो ।

तीज मेलाको परम्परागत भाका हम्काईलोको समेत प्रस्तुती रहने छ ।पत्रकार सम्मेलन पछि क्लवले शुभकामना आदान प्रदान सहित आजिवन महिला सदस्यलाई दर समेत खुवाएको थियो । पत्रकार सम्मेलनको संचालन क्लबका सचिव शिवराज देवकोटाले गर्नुभएको थियो।मेलालाई व्यवस्थित र ऐतिहासिक वनाउन विभिन्न संघ संस्था र व्यक्तिले स्वत स्फुर्त रुपमा सहयोग गरेको क्लवले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्: