Worldlink Communications

पोखरा महानगरपालिका वडा नं.०५ ले वडा भित्रका जनता बिच दौड र फुटबल प्रतियोगिता गर्दै

असोज २३, पोखरा

पोखरा महानगरपालिका वडा नम्बर ५ को आयोजनामा नेपालीहरु को महान चाडपर्वहरूको पुर्वसन्ध्यामा विजयादशमी, शुभदिपावली, छठपर्व तथा नेपाल सम्वतको अवसरमा खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ। ।

असोजको २६ गतेदेखि २८ गतेसम्म मालेपाटनमा रहेको खेल मैदानमा ७’ए’ साइड फुटबल तथा दौड प्रतियोगिता सञ्चालन हुने जानकारी  मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत दिइएको हो ।

प्रतियोगितामा फुटबल र दौड गरेर दुई खेलमा प्रतिष्पर्धा हुने जानकारी दिनुभएको थियो।फुटबलमा टोल स्तरीय प्रथम सेभेन ए साइड हुने छ भने सो खेलको उद्घाटन असोज २६ गते बिहान ८ बजे हुनेछ ।

प्रतियोगितामा वडामा रहेका २४ वटै टोल विकास संस्थाले सहभागिता जनाउने भएको सेभेन ए साइड फटबल प्रतियोगिताका संयोजक प्रकाश पराजुलीले बताउनुभयो। पराजुलीका अनुुसार फुटबल प्रतियोगितामा प्रथम हुनेलाई २६ हजार ६ सय ६६ रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र तथा द्धितिय हुने टीमलाई १३ हजार ३ सय ३३ रुपैयाँ ट्रफि मेडल र प्रमाणपत्र प्रदान गर्ने बताउनुभएको थियो ।

दौड प्रतियोगिताको लागि तीनवटा विधा छुट्याइएको छ जस अनुसार खुल्ला दौड पुरुष, खुल्ला दौड महिला र ६० वर्ष माथिका जेठ नागरिकबिच दौड प्रतियोगिता गरिने बताउनुभएको थियो ।

असोज २७ गते शनिबार बिहान पौने सात बजे सुरु हुने दौडमा सहभागीले वडा नं. ५ का विभिन्न मार्गहरु भएर ७ दशमलव २ किलोमिटरको दुरी पुरा गर्नुपर्ने खुल्ला दोड प्रतियोगिता का संयोजक निरञ्जन खत्री बताउनुभएको थियो ।

दौड प्रतियोगितामा करिब ५ सय जना सहभागि हुने आकलन गरिएको छ भने विजेताले ६ हजार ६ सय ६६ रुपैयाँ, द्धितिय हुनेले ४ हजार रुपैयाँ र तृतीय हुनेले २ हजार ६ सय ६६ रुपैयाँ नगदको साथमा मेडल र प्रमाणपत्र हात पार्ने संयोजक निरन्जन खत्रि ले बताउनुभयो ।

दुबै खेलमा फुटबल र दौडमा नाम र टीम दर्ता गर्न शुल्क लाग्ने छैन। प्रतियोगितामा भाग लिन पोखरा ५ मा स्थायी वा अस्थायी बसोबास गरेको हुनुपर्ने आयोजक पोखरा महानगरपालिका वडा नं.५ प्रतिनिधिले जानकारी दिनुभएको थियो ।

पोखरा ५ वासी  विषेष गरि टोलबिकास सस्था लाइ आधार मानेर खेलाडीलाई असोज २४ गतेसम्म टीमदर्ता गर्न वडाले आग्रह गरको छ टीम दर्ता गर्न वडा कार्यालयमा पुग्नुपर्ने बताइएको थियो।

‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ पहिलो पटक वडामा प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष विष्णु प्रसाद बरालले बताउनुभएको थियो ।पोखराको वडा नम्बर ५ खेलकुदको आधार भुमि भएको उहाको भनाइ रहेको थियो ।

पत्रकार सम्मेलनमा पूर्व वडाध्यक्ष धन बहादुर नेपाली, वडा सदस्य गोविन्द प्रसाद पराजुली, मणीराम बराल, कल्पना कुमारी थापा, हरिमाया विश्वकर्मा, खुल्ला दोड प्रतियोगिताका संयोजक निरञ्जन खत्री, सेभेन ए साइड फटबल प्रतियोगिताका संयोजक प्रकाश पराजुलीको लगाएतले वडाले गर्न लागेको खेलको महत्वको बारेमा बोल्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्: