Worldlink Communications

घरमा अभिभाबकले राम्रो सस्कार दिननसक्दा हराउदै गएको नेपालीपन र समाज

असोज २८, पोखरा

के नेपाली समाजमा संस्कारमा धमिलोपन आएकै हो र ? ठूलाले सानालाई सानाले ठूलालाई जालझेलमा पार्न रसाकस्सि चलिरहने नेपाली समाजमा सोझालाई जिवनयापन गर्न कठिनाइ वन्दै गएको छ । यो कतिदिन चल्छ यहाँ ? भ्रष्ट जाली फटाहाहरुले संस्कारको अर्थ नबुझेर हो की ! नेपाली समाज दिनानुदिन प्रदुषित बन्दै गएको छ।

संस्कार एउटा प्रक्रिया हो जसले मान्छेलाई सहि बाटोमा डोर्‍याइ सभ्य र सुसंस्कृत बनाउने गर्छ। सामान्य अर्थमा संस्कार भनेको अवगुण दोष कमजोरी आदि हटाई परिस्कृत गर्ने काम बुझिन्छ। वृहत अर्थमा यो  सोचलाई परिस्कृत गर्दै पवित्रमनको विकास गरी अनुशासित जीवन पद्दतिमा डोर्‍याउने माध्ययम हो । संस्कार र संकृति झवाटै हेर्दा एउटै भए जस्तो लागेपनि तर फरक विषय हुन। संस्कृति समय अनुसार फरक हुन्छ भने संस्कार संदावहार एउटै हुन्छ।

संस्कार व्यक्तिको आचरण, व्यवहारसँग जोडिएको हुन्छ, जसले गर्दा व्यतिले आफ्नो जीवनलाई सफलतापूर्वक अगाडि बढाई सभ्यताको विकास गर्दछ। त्यसैले भन्ने गरिन्छ संस्कारी घरानामा जन्मे हुर्कको व्यक्ति अनुशासित र मर्यादित हुन्छ। नेपाली समाजमा संस्कारलाई नियालेर हेर्दा कतिपय नेपालीमा सभ्यता हराएको देखिन्छ। म एउटा सडक दुर्घटनाको प्रत्यक्षदर्शी हुँ।

घटना पोखरा वाग्लुङराजमार्ग हो। एक जना अठार उन्नाइस वर्षको युवा याम्दी नजिक मटरसाइकलमा चिप्लिएर हात खुट्टामा चोट लागेको थियो। अर्कोतिर बाट आएको मोटरसाइकलको भद्र‌ भलाद्मीले रोकेर उसलाई उठाउन खोज्दा उल्टै उसलाई सबैको अघाडी आरोप लगाई उपचार गर्न बाध्य बनायो । यसले मानवता सभ्यता र संस्कार प्रति अवश्य नै प्रश्नचिन्ह खडा गरेको छ | यसैगरी नेपालमा कतिपय संस्थामा विद्यार्थीले नक्कली फेसबुकमा आइडी बनाई विद्यार्थीले शिक्षकमाथी गरेको अपमानजनक व्यवहारले पनि नेपाली समाजमा सभ्यता र मानवतालाइ  थिलोथिलो पारिरहेको उदाहरण दिइरहेको छ।

परिणाम स्वरूप नेपालमा शिक्षाको गुणस्तरमा ह्रास आएको पाइन्छ। यतिमात्र नभइ एउटा वैदेशिक रोजगारीका लागि पठाउने कम्पनीले सोझो व्यत्तिलाई विभिन्न प्रलोभन देखाई रकम असुल्छ र भाग्छ भने यस्तो अस्वस्थ वातावरण ले के को संज्ञा दिन्छ ? नेपाली समाजमा संस्कारको लोप हुदै जानुमा राज्य पूर्णतया रुपमा दोषीठरीन्छ। यसमा कुनै पनि शंका छैन। विभिन्न राजनैतिक दलका नेताहरु पदका लागि कुर्सी तानातान गर्दछन् । जबकी नेतृत्व गर्ने ब्यक्तिमा सभ्यता नै हराउँछ अनि सामान्य जनतामा अब भन्नुस के होला ? यसैगरी विस २०६८ सालको जनगणना भन्दा २0७८ सालको जनगणनामा परिवार को आकार सानो छ। तर पनि अभिभावकले आफ्नो बच्चालाई आचरण, अनुशासन तथा सभ्यताको पाठ सिकाउन सकिरहेको छैन ।

जसको परिणाम बच्चाले आफूभन्दा मान्य व्यक्तिमा दुव्यवहारगर्ने हिम्मत राख्छ । गलत वाटो रोज्छ र अन्तमा आफ्नो भबिस्य आफैले अन्धकार गराएको पाइन्छ ।सहायद  यस्तै भएकै कारण बच्चाले आत्महत्याको बाटो पनि रोज्न बाध्य हुन्छ । यसैगरी नेपाली शिक्षा प्रणालीलाई अवलम्वन गर्दा शैक्षिक गुणस्तर दयानीय अवस्थामा देखिन्छ । २०८० साल असोज ३ गते देखी देशभर रहेका शिक्षकहरुराज्यले सुबिधा कटौती गरेकै कारण आन्दोलन गरेका थिए। यहाँ राज्यले खुलेआम  रुपमा भ्रष्टाचार गर्नेलाई कुनै कारबाही गर्न सक्दैन तर शिक्षा प्रदान गर्ने बौद्धिक बर्गलाई दबाबमा राख्न खोज्दा कस्तो खालको संस्कार विकास हुन्छ ?

यसप्रति राज्य उत्तरदायी हुन जरुरत देखिन्छ।अन्तमा राज्य उतरदायी भई राम्रो कार्यलाई प्राथमिकता दिएमा सहि प्रणालीको विकास सगै संस्कारक पनि विकास हुन्छ। यसैगरी अभिभावकले आफ्नो सन्तानलाई मानवता ,अनुशासन र सभ्यताको शिक्षा दिनुपर्छ र अनिमात्र बच्चा संस्कारी वन्दछ । यसरी बच्चाले हरेक बिषयमा सफलता हासिल गर्दछ जसको कारण  जीवन बगैंचाको फुल जस्तो हुन्छ ।

लेखक :बाबुराम पौडेल

लिटिल स्टेप मा.बि.पोखरा  को शिक्षक हुनुहुन्छ

प्रतिक्रिया दिनुहोस्: